माघ ०३, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाँउपालिकामा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम संचालनका लागि अपाङ्गता भएका क्षेत्रमा काम गर्दै आएको करुणा फाउण्डेसन नेपाल र साकेला गाउँपालिकाबीच सम्झौता भएको छ । गाउँपालिकाको तर्फबाट अध्यक्ष रवि प्रकाश राई, निमित प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई तथा करुणा फाउण्डेसन नेपालका व्यवस्थापक सन्तोष घिमिरे रवरिष्ठ कार्यक्रम अधिकृत गिता त्वानावासु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
प्रदेश सरकार सामाजिक मन्त्रालयले सुरु गरेको कार्यक्र ममा तीन पक्षीय लागत साझेदारी रहने छ । कार्यक्रममा साकेला गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसन नेपाल ३३५, ३३५ लागत साझेदारी हुने छ भने राष्ट्रिय अपाङ्ग महासंघकको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुने छ । यस कार्यक्रमले जन्मजात हुने अपांगता न्युनीकरण, जन्म पश्चात् विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका ब्यक्तिको पुनः स्थापना लगायतका कार्यक्रम सञ्चालन गर्ने छ साथै अपाङ्गता भएका तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरणका, शिक्षा, स्वास्थ्य तथा सहायक सामग्रीको व्यवस्थापन तथा विभिन्न क्षमता विकासका साथै विविध तालिम समेत प्रदान गर्ने बताईएको छ । ३ वर्ष अवधिको सो कार्यक्रम २०८० माघ १ गतेबाट शुरु भई २०८३ पुष मसान्तसम्म संचालन हुनेछ
यस कार्यक्रमको मुख्य उद्देश्य जन्मजात हुने अपाङ्गता र जन्म पछि हुने अपाङ्गता रोक्नु र अपाङ्गता भएका ब्याक्तिहरुको जीवनस्तर उकास्ने शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने रहेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको भनाईछ । सम्झौता अवधि समाप्त भएपश्चात दीर्घकालीन रूपमा कार्यक्रम यस गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दै लगिने उहाँको भनाईछ । यही कार्यक्रमले अपाङ्गता भएका व्याक्तिहरुको निःशुल्क उपचार समेत हुनेछ । यस कार्यक्रमको सञ्चालन भने सम्बन्धित पालिकाहरूले नै गर्ने बताईएको छ । दश स्थानीय तह रहेको जिल्लामा चार हजार नौ सय २२ जना शारीरिकरूपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ ।राष्ट्रिय जनगणना(२०७८ अनुसार साकेला गाउँपालिकामा मात्रै २७१ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् भने १०४ जनाले पूर्ण र अति अशक्त अपाङ्गता सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान