असार २६, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाले आफ्नै ठाउँमा किसानलाई रोजगारी प्रदान गर्नुका साथै आय आर्जनमा सुधार ल्याई जीवनस्तर उकास्न विभिन्न कार्यक्रम अघि सारेको छ । व्यवसायिक रुपमा कृषि खेतीप्रति किसानलाई आकर्षित गराई आयस्तरमा सुधार ल्याउन गाउँपालिकाले लागत साझेदारीमा कृषि समाग्री उपलब्ध गराउनुका साथै अन्य विविध कार्यक्रम अघि सारेको हो ।
यसै क्रममा साकेला गाउँपालिका–३ स्थित जन विकास बहुउद्देश्यीय सहकारी संस्था खिदिमालाई गाउँपालिकाले विभिन्न समाग्री कृषि समूह मार्फत किसानलाई प्रदान गरिएको जनाइएको छ ।
गाउँपालिकास्थित कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम तरकारी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत उक्त सहकारी संस्थालाई गाउँपालिकाको रु.९ लाख ७५ हजार र समूहको रु.२ लाख १० हजार ४४० गरि जम्मा रु.११ लाख ८५ हजार ४४० रकमबाट १२० थान टनेल, २ थान हाते ट्याक्टर र ४ थान स्पेयर (विषादी छर्किने) मेसिन हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले समूहका अध्यक्ष दूधराज तामाङ मार्फत किसानलाई उक्त समाग्री हस्तान्तरण गर्नुभएको हो ।
उक्त समूहमा १२० जना कृषकहरु आवद्ध रहेका छन् । उनिहरुले खिदिमा क्षेत्रका १५ रोपनी जग्गामा साग, सिमी, मूला, टमटर, अकबरे खुर्सानी, काँक्रा, फर्सी लगायतका विभिन्न प्रजातिका तरकारी खेती यसै वर्षदेखि सुरु गरेको उक्त समूहका अध्यक्ष तामाङले बताउनुभयो ।
कृषकलाई रोजगारी प्रदान गरि आयस्तरमा सुधार गर्दै ताजा तरकारी उत्पादनमा वृद्धि गर्ने लक्ष्य गाउँपालिकाले लिएको अध्यक्ष राईले बताउनुभयो । साकेला गाउँपालिकाले पछिल्लो समय कृषिमा दिँदै आएको अनुदान वितरण बन्द गरेको छ । यसअघि किसानलाई उपलब्ध गराईएको अनुदान बालुवामा हालेको पानी भएपछि अनुदानलाई बन्द गरि सहुलियत दरमा ऋण प्रदान गर्ने नीति ल्याएको अध्यक्ष राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘अघिल्लो सरकारको पालामा कृषि क्षेत्रमा भएको लगानी हेरौं, बाख्राको खोरमा बाख्रा छैन अहिले त खोरै छैन, माछा पोखरी हेरौ पोखरी मात्र छ, भैंसीको गोठ हेरौं गोठै भत्किसकेको छ । अनि कहाँबाट समृद्धि आउँछ ?’
पालिकाले गरेको लगानी त्यसै खेर गएको पाएपछि राज्यको रकम दुरुपयोग हुन नदिन हामीले कृषिमा अनुदान हैन ऋणको व्यवस्था गरेका छौं, अध्यक्ष राईले भन्नुभयो –‘सोही नीति अनुरुप आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्नेगरि केही रकम बिनियोजन गरेका छौं । अब हामी किसानलाई ऋण प्रवाह गर्नका लागि छुट्टै कार्यविधिछ बनाएर कार्यान्वयनमा लाग्नेछौं, यसबाट वास्तविक किसानको पहिचान हुनेछ ।’
अध्यक्ष राई थप्नुहुन्छ–‘किसानलाई धनि बनाईयो भने पालिका आफै धनी हुन्छ, समृद्धि छाउँछ तर राज्यको लगानीलाई दुरुपयोग हुन दिनेछैनौं ।’
अब साकेलाको कुन भूगोलमा के उत्पादन हुन्छ सोही अनुरुप पालिकाले लगानी गर्दै जाने बताइन्छ । पालिकाले आफ्नो भूगोलभित्रको कुन कुन स्थानमा के के उत्पादन गर्न सकिन्छ भनेर माटो परीक्षण समेत गरिसकेको जनाइएकोछ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !