बैशाख १७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा फाउण्डेशन नेपाल र नगरपालिकाको संयुक्त साझेदारी तथा राष्ट्रिय अपांग महासंघको प्राविधिक सहयोगमा अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य परिक्षण, अपांगता परिचय पत्र वितरण एवं आवश्यकता पहिचान शिविरलाई वडा वडामा निरन्तरता दिइरहेको छ ।
शिविर सञ्चालनको पाँचौदिन आज वडा नं. १३ नुनथलामा शिविर सम्पन्न भएको छ । यस अगाडि बैशाख १६ गते वडा नं. १४ वुइपा र १५ गते विजयखर्कमा सम्पन्न भैसकेको छ भने बैशाख १३ गते पहिलो दिन वडा नं. १० पाथेका र बैशाख १४ गते वडा नं. ११ खार्मीमा शिविर सञ्चालन भएको थियो ।
आज नुनथलामा भएको शिविरमा जम्मा ८२ जना सेवाग्राहीहरुले सेवा लिएकाछन् । १० जनाले नयाँ अपांगता परिचय पत्र लिएका छन् भने २ जनाको अपांगता परिचय पत्रको स्तरवृद्धि भएको छ ।
यस्तै १९ जनाको कानको जाँच, ५८ जनाको आँखा जाँच तथा २१ जनाको फिजियोथेरापी गरिएको जनाइएको छ । अन्य ८० जनाको स्वास्थ्य परिक्षण समेत गरिएको नगरप्रमुख तीर्थराज भट्टराईको सचिवालयले जानकारी गराएको छ ।
शिविरमा ५१ जनालाई चस्मा उपलव्ध गराइएको छ भने ७३ जनालाई औषधि प्रदान गरिएको थाहा भएको छ । त्यसैगरी ५ जनालाई छडी, व्हिल चेयर १ जनालाई, एयर म्याट्रेस १ जनालाई, इल्वो क्रच २ पिस १ जनालाई, विशेष जुत्ता १ जनालाई र श्रवण यन्त्र २ जनालाई उपलव्ध गराउन सिफारिस गरिएको जनाइएको छ ।
अब बैशाख १८ गते वडा नं. ९ निर्मलिडाँडा, १९ गते वडा नं. ८ दोर्पा, २० गते वडा नं. ७ दोर्पा चिउरिडाँडा, २१ गते वडा नं. ६ नेर्पा, २२ गते वडा नं. ४ खाल्ले, २३ गते वडा नं. ३ वाम्राङ, २४ गते वडा नं. ५ लफ्याङ, २५ गते वडा नं. २ दिक्तेल, २६ गते वडा नं.१२ जालपा र २७ गते वडा नं १ दिक्तेलमा शिविर सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !