चैत्र ३०, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी खोटाङको आँठौ जिल्ला अधिवेशनमा सहमतिको आधारबाट नेतृत्व चयन गर्ने वातावरण नभएपछि अन्ततः निर्वाचनको प्रकृयामा अगाडि बढेको छ ।
आज (शुक्रवार) विहान १० वजेदेखि नै मतदान शुरु भएको स्थलगत रिपोर्टिङमा रहनुभएको हलेसी एफएम संवाददाताले बताउनुभयो । अहिले प्रतिनिधिहरुबाट मतदान जारी छ ।
निर्वाचनमा ५७९ जना प्रतिनिधिले मताधिकार प्रयोग गरी तीनवर्षे कार्यकाल हाँक्ने नेतृत्व चयन गर्नेछन् । एमाले खोटाङको विगत अधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुदै आएकोमा यो पटक निर्वाचन प्रणाली अख्तियार गरिएको पहिलो अधिवेशन बताइन्छ ।
निर्वाचन कमिटिले बिहीबार राती ९ः३० बजेपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो ।
निर्वाचन कमिटिका अनुसार अध्यक्षमा रामप्रसाद दंगाल र देवविक्रम राईको उम्मेदवारी परेको छ । दंगाल वर्तमान अध्यक्ष र राई उपाध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा कुमार प्रसाद आचार्य र उपिन कुमार राईको प्रतिस्पर्धा हुदैछ । आचार्य पार्टीको वर्तमान सचिव र राई सचिवालय सदस्य हुनुहुन्छ । सचिवमा सुरेन्द्र कुमार राई निर्विरोध चयन हुनुभएको छ । राई यसअघि पार्टीको उपसचिव हुनुहुन्थ्यो ।
पुरुष उपसचिवमा गीरेन्द्र बहादुर राई, कमल ढकाल, गोपालचन्द्र आचार्य, गोपिकृष्ण खड्का, चक्र बहादुर राई (दिलचक्र), दिनेश कुमार राई, राजन कुमार बन्जारा, युवराज रिजालले प्रतिस्पर्धा गर्नुहुनेछ। महिला उपसचिवमा कविता राई र भगवती प्रधान उम्मेदवार हुनुहुन्छ ।
बुधबार दिक्तेलबजारस्थित बहुउद्देश्य कभर्डहल माटिकोरेमा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवंम् बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अधिवेशन उद्घाटन गर्नुभएको थियो ।
[ यो पनि-एमाले आठौँ जिल्ला अधिवेशनको उद्घाटन सम्पन्न / आज नेतृत्व चयन हुने }
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !