चैत्र २५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको हलेसीतुवाचुङ नगरपालिकामा दुधकोशी जलशाययुक्त जलविध्युत आयोजना परामर्श बैठक सम्पन्न भएको छ । दुधकोशी जलविध्युत आयोजना तथा हलेसीतुवाचुङ नगरपालिकाको आयोजनामा स्थानीय होलेसुङ रिसोर्टमा शनिवार ओखलढुङ्गा र खोटाङका प्रतिनिधि सभा तथा प्रदेश सभाका साँसदहरु, जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुखहरु, आयोजना प्रभावित क्षेत्रका पालिका प्रमुख/उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहहरु, एशियाली विकास बैँकका प्रतिनिधिहरु तथा सरोकारवालाहरुको उपस्थितिमा दुधकोशी जलाययुक्त जलविध्युत आयोजना परामर्श बैठक सम्पन्न भएको हो ।
छलफलका क्रममा ६३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविध्युत आयोजना माथिल्लो सगरमाथा अन्तर्गत तीन जिल्लाका जनता र सिंगो मुलुकका लागि लाभ दिने आयोजना भएकोले यसको कार्यान्वयनमा सबैले चासो दिनुपर्ने र सरकारलाई घच्घच्याउनु पर्नेमा सबैको जोड थियो ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले यो आयोजनालाई सफल बनाउन छिटो भन्दा छिटो मुआवजाको काम सम्पन्न गर्नुपर्ने बताउदै यसलाई बिगार्ने काममा पनि कोही लागेको हुनसक्ने हुँदा त्यस्ता तत्वलाई पहिचान गर्दैै कामलाई अगाडि बढाउन सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो –‘काठमाडौं पुग्नेवितिकै प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीसँग हामी ३ जिल्लाका माननीयहरू मुआव्जाको लागि भेटेर अगाडि बढाउन पहल गर्ने छौँ । आजबाट दुधकोशी आयोजनाको आइसव्रेक भएको शन्देस दिनसक्नुपर्छ ।’
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविध्युत आयोजनाको कामलाई अगाडि बढाउन मुआवजा दिने सम्बन्धमा केही जटिलताका कारण हालसम्म काम अगाडि बढ्न विलम्व भएको बताइन्छ ।
लामीडाँडाको रभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विध्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढिरहेको छ । मुख्य विध्युतगृहबाट ६०० र ड्याममै बनाइने विध्युतगृहबाट ३५ मेगावाट जलविध्युत उत्पादन गर्ने लक्ष्यकासाथ काम भइरहेकोे छ । भ्याटसहित करिब २.२ विलियन यूएस डलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जल पर्यटनको उत्तिकै सम्भावना रहेको औंल्याइएको छ ।
जलविध्युत आयोजनाका लागि बाँध हाल्दा खोटाङको ३४ लाख २२ हजार ६०३ बर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार ३२२ बर्ग मिटर र सोलुखुम्बुको १ लाख ७१ हजार ४ बर्ग मिटर जमिन प्रभावित हुँदा खोटाङका ६५७ धुरी, ओखलढुंगाका २७९ धुरी र सोलुखुम्बुका १४ धुरी गरी कुल १ हजार १५० घर धुरी डुवानबाट प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिबेदनमा देखिएको छ । पूर्ण प्रभावित १६२ घरपरिवारमध्ये खोटाङका ८१, ओखलढुंगाका २५ र सोलुखुम्बुका २ घर पूर्णरुपमा डुवानमा पर्ने नेपाल विध्युत प्राधिकरणले जनाएको छ । आयोजनाका लागि ड्याम बनाउदा दुधकोसीमा १७ किलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर जलाशय सिर्जना हुने प्रतिबेदनमा भनिएको छ ।
यो आयोजनाको स्थलगत निरिक्षण गर्न पूर्व राष्ट्रपति विध्यादेवि भण्डारी, पूर्व उर्जामन्त्रि तथा वर्तमान अर्थमन्त्रि वर्षमान पुन लगायत दुधकोशी जलाशययुक्त क्षेत्रमा आइसक्नुभएको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।