चैत्र ०८, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबजारमा सडक ढलानको काम पुनः सुचारु भएको छ । चालु आ.व.मा संघीय सरकारको शहरी विकास मन्त्रालयबाट रु. १ करोड वजेट विनियोजन भएकोमा ठेक्का प्रकृयाबाट रु. ६४ लाखमा जनता डेभ्लपर्स प्रा.लि.सँग सम्झौता गरि विहीवारदेखि सडक ढलानको काम सुचारु गरिएको नगरपालिका प्रमुख तीर्थराज भट्टरार्ईले जानकारी दिनु भएको छ ।
विगत वर्षहरुमा दिक्तेलवजारको रत्नपार्कबाट ढलानको काम अगाडि बढ्दै होटल लयालुको अगाडिसम्म सडक ढलान गरिएको छ । त्यस्तै त्रिवेणीचोकदेखि जिल्ला प्रशासन कार्यालय जाने सडकको भवन गैरा तथा कृषि ज्ञान केन्द्र हुँदै होटल शुभदिनको अगाडि भागसम्म ढलानको काम सम्पन्न भएको छ भने हष्पिटलचोकदेखि जिल्ला अदालत हुँदै भानुचोक वरगाछी भएर हाटडाँडासम्म केहीदिन अगाडि ढलानको काम सम्पन्न भएको हो । हाटडाँडादेखि खानीडाँडासम्म कालोपत्रेको कामलाई अगाडि बढाइएको छ ।
होटल लयालुदेखि त्रिवेणीचोक हुदै पुरानो बैँकचोक, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयको अगाडि भाग भने ढलान हुन बाँकी छ । सोही खण्ड अन्तर्गत होटल लयालुदेखि त्रिवेणीचोक तर्फ हाल ढलानको काम सुचारु भएको हो ।
नगरपालिका प्रमुख तीर्थराज भट्टराई भन्नु हुन्छ–‘वजेट अपर्याप्तताले यो आर्थिक वर्षमा दिक्तेलबजारभित्रका सबै भागमा ढलानको काम सम्पन्न नभए पनि धेरै भाग ढलान हुने भएकोले अब आगामी दिनमा विगतमा झैँ हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने समस्या हल हुनेछ ।’ यद्यपि कामको गुणस्तरका विषयमा भने स्थानीयले प्रश्न उठाइरहेको पनि उहाँले बताउनु भयो । यसका लागि स्थानीय वजारवासीले पनि चासो दिनुपर्छ । नगरपालिकाले समेत कामको सुपरिवेक्षण गर्नेछ ।
जनता डेभ्लपर्स प्रा.लि.ले रु ६४ लाखमा आगामी आषाढभित्र काम सम्पन्न गरिसक्नुपर्ने भएपनि यही बैशाख अन्तसम्म काम गरिसक्ने लक्ष्य रहेको र जति यो वजेटले पुग्छ त्यति मात्रै काम गर्ने प्रा.लिका डार्ईरेक्टर सञ्जिब कटवालले बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।