आश्विन ०४, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा दशौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति खोटाङको आयोजनामा अशोज २ र ३ गते विविध कार्यक्रम गरी भव्यताका साथ सविधान दिवस मनाइएको छ भने अशोज ४ गते आज पनि कार्यालय, तथा घरघरमा राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गीतहरु बजाउने र साँझमा दीप प्रज्वलन गरी उल्लास मनाइने समारोह समितिले जनाएको छ ।
संविधान दिवसका क्रममा अशोज ३ गते जिल्लामा प्रभात फेरि, संविधानको विषयमा परिसंवाद तथा महिला सहभागितामा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न गरिएको छ ।
सो दिन विहान ७ वजे प्रभात फेरिका क्रममा विभिन्न प्लेकर्ड सहित जिल्ला समन्वय समितिको परिसरदेखि दिक्तेल वजारको परिक्रमा गर्दै त्रिवेणीचोक, रत्नपार्क पुगेर समन्वय परिसरमै ्यालिको समापन गरिएको थियो । त्यसपछि नेपाल पत्रकार महासंघको आयोजनामा संविधान विषयक परिसंवाद सञ्चालन गरिएको थियो ।
महासंघका अध्यक्ष दिलिप खत्रीको सभापतित्वमा पत्रकार भिम राईद्धारा सहजिकरण गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, संविधान सभा सदस्य दुर्गाजयन्ति राई, पूर्व सांसाद कुल प्रसाद फुयाल, जिल्ला विकास समितिका पूर्वसभापति बिष्णुकुमार राई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्ला न्यायाधिबक्ता टिकाभूषण घिमिरे, नेपाल वार एशोसियन खोटाङका सचिव तथा अधिबक्ता ओमप्रकाश घिमिरे, दिक्तेल बहुमूखी क्याम्पसका प्रमुख हिराकुमार राईले संविधानका विशेषता, कार्यान्वयका पक्ष र जटिलता, यसको संशोधनका सान्दर्भिकता लगायत विविध विषयमा समसामयिक चर्चा परिचर्चा गर्नुभएको थियो ।
सोही दिन अपरान्ह ४ वजे महिला सहभागितामा म्युजिकल चेयर कार्यक्रम सञ्चालन गरियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला शाखाद्धारा व्यवस्थापन गरिएको म्युजिकल चेयर कार्यक्रममा ३१ जना महिला दिदीबहिनीहरुले सहभागिता जनाउनुभएको थियो । जसमा पुजा राई प्रथम, बविता आचार्य, द्धितिय, जमुना ढकाल तृतिय र पूण्यमाया आचार्य आन्त्वना विजयी भई क्रमशः रु २ हजार, रु १५ सय, रु १ हजार र रु ५ सय पुरस्कार प्राप्त गर्नुभयो ।
साँझमा दिक्तेल वजार तथा चोक चोक र घरघरमा दीप प्रजवल गर्दै दीपावली मनाइएको थियो ।
[यो पनि-संविधान दिवसको पहिलो दिन सरसफाई तथा कैदिबन्दिको स्वास्थ्य परिक्षण ]
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।