कार्तिक २७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
नेपाली काँग्रेस जिल्ला कार्य समिति खोटाङका उपसभापति तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईकी ममतामयी माता पदमकुमारी भट्टराईको दुःखद निधनका प्रति नेपाली काँग्रेस केन्द्रिय कार्यालय सानेपाले गहिरो दुःख व्यक्त गर्दै शोक वक्तव्य निकालेको छ । मंगलवार नेपाली काँग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित शोक बक्तव्यमा स्वर्गीय पदमकुमारी भट्टराईले लोकतान्त्रिक आन्दोलनमा दिनुभएको योगदानको चर्चा गर्दै ‘उहाँको निधनमा गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौँ’ भनिएको छ ।
नगरप्रमुख भट्टराईकी ममतामयी माता स्वर्गीय पदमकुमारी भट्टराई
यसैगरी आजै नेपाली काँग्रेस जिल्ला कार्य समिति खोटाङले पनि स्वर्गीय पदम कुमारी भट्टराईको निधनमा शोक वक्तव्य निकालेको छ । जिल्ला सभापति बिष्णुकुमार राईद्वारा हस्ताक्षरित शोक वक्तव्यमा सुसँस्कृत असल अभिभावकको रुपमा रहेर बात्साल्यपूर्ण मातृत्व प्रदान गरिरहनु भएकोमा आमा पदमकुमारी भट्टराईको दुःखद निधनले न्यानो मातृत्वबाट बन्चित हुनु परेकोमा नेका उपसभापति तीर्थराज भट्टराई तथा शोकमग्न परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
कांग्रेस जिल्ला उपसभापति एवं नगरप्रमुख भट्टराईकी आमा पदमकुमारी भट्टराईको उपचारका लागि काठमाण्डौ लैजादै गर्दा कात्तिक २६ गते बाटैमा निधन भएपछि आफ्नै गाउँ दिक्तेल दोर्पा चिउरीडाँडामा आजअन्तिम संस्कार गरिएको छ ।
[यो पनि--दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराईलाई मातृशोक ]
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।