भदौ ०९, २०८१ , Koshi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाले टोल–टोलमा पुगेर नागरिकहरुको समस्यालाई वस्तीस्तरबाटै समाधान गर्ने उद्देश्यका साथ विभिन्न सरकारी सेवा सहितको घुम्ती शिविर सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ खिदिमाको सक्रियतामा भाद्र ६ गते बिहीबारदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकको स्वास्थ्य परीक्षण, मालपोत कर सङ्कलन र विविध सिफारिस सहितको सेवा टोलबाटै उपलब्ध गराउने उदेश्यका साथ शिविरको आयोजना गरिएको उक्त वडाका वडा अध्यक्ष गोविन्द तामाङले बताउनुभयो ।
एउटै वडामा चार दिनसम्म सञ्चालन गरिने शिविरको पहिलो दिन पुङमा, किवा, बोरा र मखमले टोलमा शिविर सञ्चालन गरिएको छ । भौगोलिक विकटताका कारण स–सानो काम गर्न पनि दिन माया मारेर वडा कार्यालय सम्म धाउनु पर्ने नागरिकको समस्यालाई मध्यनजर राखेर वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिबाट खर्चको व्यवस्थापन गरेर शिविर सञ्चालन गरिएको उक्त वडाका वडासचिव सुवास राईले बताउनुभयो ।
शिविरमा शारीरिक अशक्तताका कारण वडा कार्यालय सम्म पुग्न समस्या हुने लाभग्राहीहरुलाई लक्षित गरि टोलबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने व्यवस्था मिलाईएको छ भने भौगोलिक विकटताका कारण नियमित रुपमा जग्गाको तिरो तिर्न नपाएका सर्वसाधारणको लागि समेत उक्त शिविर उपयोगी मानिएको छ । सरकारी सेवा लिन नागरिकलाई कुनै प्रकारको पनि झण्झट नहोस भनेर शिविर सञ्चालन गरिएको बताईएको छ ।
शिविरको पहिलो दिन ५५ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण गराएका छन् भने, एक सय घरधुरीले मालपोत कर बुझाएका छन् । त्यस्तै सामान्य प्राथमिक उपचार र सुगर परीक्षण ६५ जनाले गराएका छन् भने ३५ जनाले विभिन्न परामर्श सेवा प्राप्त गरेको स्वास्थ्य चौकी खिदिमाका प्रमुख कमल प्रसाद फुयालले जानकारी दिनुभयो ।
नागरिकको सेवाको लागि आवश्यकता अनुसार गाउँगाउँ र टोलटोलमा पालिकाको सेवा पुर्याउने कोशिष गरिरहेको साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो । जनताको आवश्यकता अनुसारका अन्य सेवाहरु पनि क्रमिक रुपमा टोल–टोलबाटै प्रदान हुने उहाँको भनाई छ । हामी डिजिटल पालिका निर्माणमा पनि लागिरहेका छौ, डिजिटल पालिका निर्माण भईसकेपछि जनताले घरै बसीबसी सेवा लिन सक्नुहुनेछ प्रमुख राईले भन्नुभयो– ’सरकारी सेवा प्राप्त गर्नका लागि नागरिकलाई अहिले व्यहोरिरहेको झण्झटबाट चाँडै नै मुक्त गराउनेछौं ।’
साकेला गाउँपालिकाले निर्माण सुरु गरेको आवधिक योजनामा ’डिजिटल पालिका निर्माण’ योजनालाई प्राथमिकता दिएर काम सुरु गरेको छ । डिजिटल पालिका निर्माण भईसकेपश्चात नागरिकहरुले अनलाईनबाटै आफूलाई आवश्यक पर्ने सम्पूर्ण सेवा घरै बसिबसी लिन सक्नेछन् । वडा कार्यालय तथा पालिकाबाट प्राप्त गर्ने सेवा अन्तर्गत विभिन्न सिफारिस, व्यक्तिगत घटना दर्ता, राजश्व÷कर प्रणाली लगायतका सेवा डिजिटल पालिका निर्माण भईसकेपश्चात प्राप्त गर्न सकिने गाउँपालिका प्रमुख राईको भनाई छ ।
शिविरको दोश्रो दिन शुक्रबार तावाभञ्ज्याङ, लामीडाँडा र सोल्मा तथा तेश्रो दिन शनिबार हात्तिसुँडे, कोक्रा र सौरे तथा शिविरको अन्तिम दिन आईतबार ढाँडे र बोपुङमा सेवा प्रवाह गरिने जनाईएको छ । शिविरमा वडा कार्यालयमा कार्यरत कर्मचारी तथा वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।