जेठ १८, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका किसानलाई लक्षित गरि तोरीको तेल पेल्ने मेसिन प्रदान गरिएको छ । विहीवार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले स्थानीय जनविकास वहुउद्देश्यीय सहकारी संस्थालाई एक थान तोरी पेल्ने आधुनिक उपकरण जडित मेसिन हस्तान्तरण गर्नुभएको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को वडागत सिलिङबाट बिनियोजित बजेटबाट खरिद गरिएको मेसिन सहकारी संस्थालाई हस्तान्तरण गरिएको हो । तोरी पेल्ने मेसिन खरिद र किसानले उत्पदान गरेको तोरी खरिद गर्नका लागि वडाले पाँच लाख रुपैंया बजेट छुट्याएको थियो ।
स्थानीय उत्पादनलाई जोड दिँदै वाह्य तेल निरुत्साहित गर्ने प्रमुख उद्देश्यका साथ वडा आफैले मेसिन खरिद गरि समूह मार्फत किसानलाई हस्तान्तरण गरिएको उक्त वडाका वडाध्यक्ष गोविन्द तामाङले जानकारी दिनुभयो । साकेला गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम बनाएको छ । सोही कार्यक्रम अनुरुप तोरि खेतिलाइ बढवा दिएर किसानले उत्पादन गरेको तोरी समूहले खरिद गरि तेल उत्पादन गर्ने र बिक्री गर्ने उद्देश्य राखेको छ ।
साकेला गाउँपालिकालाई समृद्धिको गन्तव्यमा लैजान कृषि तथा पर्यटनबाट मात्र सम्भव भएकाले नयाँ कामको थालनी भएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले आवधिक योजनामा समेत एक गाउँ एक कृषि उत्पादन र कृषि पकेट क्षेत्रको नीतिलाई प्राथिमकतामा राखेर काम सुरु गरेको अध्यक्ष राईको भनाई छ ।
समूहमा हस्तान्तरण गरिएको तोरी मिल यसै वर्षदेखि सञ्चालनमा ल्याईने बताईएको छ । यसअघि गाउँपालिकाले साकला गाउँपालिकाको वडा नम्बर–५ कात्तिकेका किसानलाई कफी प्रशोधन गर्ने मेसिन हस्तान्तरण गरिसकेको छ ।
साकेला गाउँपालिकाको वडा नम्बर ३ खिदिमा क्षेत्रमा तोरी अत्याधिक उत्पादन हुने क्षेत्रको रुपमा लिईन्छ भने लेकाली भुगोल भएका कारण आलु खेतिको समेत राम्रो सम्भावना रहेको छ । गाउँपालिकाको कुन भूगोलमा के उत्पादन लगाउँदा समृद्ध पालिका बनाउन सकिन्छ भनेर अध्ययन अनुसन्धान भईरहेको र सबै क्षेत्रको माटो परीक्षण समेत गरिसकिएको गाउँपालिका अध्यक्ष राई बताउनुहुन्छ । पालिकालाई समृद्ध बनाउनका लागि विभिन्न क्षेत्रको आवश्यकता र पहिचानको खोज अनुसन्धान भईरहेको उहाँको भनाई छ ।
[ यो पनि-अपाङ्गता रोकथाम तथा पुनस्थापना सम्बन्धि }
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।