पौष १४, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आगामी फागुण १५, १६ र १७ गते आयोजना गरिने प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई राष्ट्रव्यापि सहभागितामा सम्पन्न गराउन पूर्वतयारी स्वरुप प्रदेश स्तरीय अन्तरकृया कार्यक्रम शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको सभापतित्व एवं कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यतामा आज पौष १४ गते कोशी प्रदेशको इटहरीमा पहिलो प्रदेशस्तरीय अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वाँस व्यवसायी तथा सहारा नेपाल झापाका सदस्य ध्यानबहादुर भारतीले स्वागत मन्तव्य व्यक्त गरेपछि प्रदिप दंगालद्धारा कार्यक्रमका सम्बन्धमा सहभागी सबैलाई जानकारी गराउनुभएको थियो । प्रस्तुतिका क्रममा दंगालले भन्नुभयो—‘जहाँ खानी, त्यहाँ हामी’ भन्ने सोँचका साथ देशका ठूला र भव्य शहरमा होइन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रस्तावमा मोफसलको दिक्तेलवजारमा सम्मेलन गरिने भएस्को हो ।’ उहाँले स्वेदेशी सामान र उत्पादनको बढावा गर्दै विदेशी आयातित सामानहरुको विस्थापन बाँस सम्मेलनको ध्येय रहेको पनि बताउनुभयो ।
यस्तै २०४७ सालदेखि सञ्चालनमा रहेको शुभलक्ष्मी बेम्वो फर्निचरका सञ्चालक तुलमान राईले यो सम्मेलनका अवधारणा बनाएर कार्यान्वयनका लागि अहोरात्र खटिरहनु भएका दिक्तेल रुपाकोट मझवागढीका नगरप्रमुखप्रति सबैले सम्मान अर्पण गर्दछौँ भन्दै नेपालको अर्थ व्यवस्थापन र राष्ट्रको ग्रिन गोल्डको ढोका खोल्न सम्मेलनले बाटो देखाउने बताउनुभयो ।
डा.राजेन्द्र केसीले स्थानीय रोजगारीको सम्भावना र राष्ट्रको समृद्धिको आधार खोज्नलाई राष्ट्रिय बाँस सम्मेलन कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो । उहाँले प्लाष्टिकको आतंकबाट जोगिन पनि बाँसको सामाग्रीहरु उपयोगी रहने बताउनुभयो ।
मन्त्री सदानन्द मण्डलले मानिसको जीवनसँग बाँसको सम्बन्धका बारेमा स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो—‘जब बच्चा धरतिमा जन्मिन्छ, उसलाई बाँसको कोक्रामा राखेर आराम दिइन्छ । कृषि जीवनमा त बाँसको पाइला पाइलामा महत्व रहन्छ र जव जीवनको उत्तराद्र्धमा पुगिन्छ । बाँसको लाठी टेकेर सहारा लिईन्छ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराईले इटहरीमा कोशी प्रदेश स्तरीय कार्यक्रमको शरु गर्दै गण्डकी प्रदेशमा यो पटक औपचारिक कार्यक्रम टुंगयाउने बताउनु हुँदै सञ्चारका माध्यमबाट अन्य प्रदेशसँग सम्पर्क र समन्वय गरी दिक्तेलमा हुने प्रथम बाँस सम्मेलनलाई राष्ट्रव्यापी सहभागितामा सम्पन्न गराउन सबैले प्रयास गर्नेछौँ भन्नुभयो । उहाँले जहाँ वाँस त्यहाँ जीवन, जहाँ जीवन तयहा बाँस भन्ने नाराका साथ प्रथम बाँस सम्मेलन भव्य र सभ्य रहने बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख भट्टराइको सभापतित्वमा सम्पन्न आजको कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, योजना आयोगका सदस्य एवं कोशी प्रदेश सांसद प्रमिला गच्छदार, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसी, प्रदेश सरकारका पर्यटन वन तथा वातावरण विभागका उपमहानिर्देशक रविन्द्र महर्जन, प्रणव प्रधान, सहारा नेपाल झापाका अनुगमन संयोजक दुर्गाप्रसाद भण्डारी, एभरेष्ट बेम्बोका श्यामकुमार प्रधान, सहारा नेपालका सहसचिव लालबहादुर गीरि, सहारा नेपालका सदस्य ध्यानबहादुर भारती लगायत विभिन्न बाँस विज्ञ तथा बाँस व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
[यो पनि--दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्यो पत्रकार भेटघाट कार्यक्रम ]
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।