फागुन ०३, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकास्थित धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न लागिएको तावाभञ्ज्याङ क्षेत्रमा निर्माण हुने तावाताल र साँस्कृतिक भिलेजको निर्माणमा सबै एक भएर लाग्न साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले आग्रह गर्नुभयो । साकेला गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख श्रोतको रुपमा विकास गर्न लागिएको तावाताल र सो क्षेत्रमा निर्माण हुन लागेको विभिन्न जातजातीको धर्म र संस्कृतिसँग सम्बन्धित संरचनाहरुमा केही व्यक्तिहरुले संकिर्ण सोचका कारण असफल बनाउन लागिपरेको भन्दै यसो भएमा पालिकालाई समृद्ध बनाउने अभियान कमजोर बन्ने अध्यक्ष राईले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई खोटाङ र साकेला गाउँपालिकास्थित शिक्षा शाखाको आयोजनामा बुधबारदेखि गाउँपालिकाको सामुदायिक हलमा आयोजित पाठ्यक्रम प्रवोधिकरण तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो ।
हामी साकेलाको भविष्य निर्माण गरि समृद्ध साकेला बनाउने अभियानमा लागिरहेका छौं, तर केही व्यक्तिहरु विभिन्न स्वार्थमा बहकिएर विकासका विरुद्धमा हात धोएर लागिरहेका छन्, आएको बजेट रोक्न खोजिरहेका छन् –त्यस्ता विकास विरोधी गतिविधिहरुलाई जनताले निरुत्साहित बनाउनुपर्ने भन्दै समृद्ध साकेला निर्माण गर्न तमाम साकेलाबासी सचेत नागरिकहरु एकढिक्का भएर लागि पर्न अध्यक्ष राईले अनुरोध गर्नुभयो । तावाभञ्ज्याङलाई पर्यटकीय रुपमा विकास गर्न तावाताल र सो आसपासमा गाउँपालिकाभित्र रहेका सबै जातजातिको धर्म र सँस्कृति झल्कने साँस्कृतिक भिलेज र पार्क निर्माणको डिपिआर बन्दै गरेको अध्यक्ष राईको सुनाउनुभयो ।
साकेला गाउँपालिको भविष्य सोच्ने विशिष्ट व्यक्तित्वहरुको प्रयासबाट गाउँपालिका यस वर्ष थुप्रै विकासे बजेट आएको छ, तावाताल निर्माणको लागि समेत केही बजेट प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष राईले तावाभञ्ज्याङमा साँस्कृतिक भिलेज सहित धार्मिक पार्क र ताल निर्माण भएमा साकेला गाउँपालिका आर्थिक रुपमा समृद्ध बनाउन सकिने अध्यक्ष राई बताउनुहुन्छ । गाउँपालिकाक्षेत्रभित्र हुने हरेक विकास निर्माणको कार्यलाई रोक्ने अवरोध गर्ने भन्दा विकासमा हातेमालो गरेर समृद्ध साकेला निर्माण गर्ने अभियानमा हातेमालो गरि अघि बढ्न सबै पक्षलाई अध्यक्ष राईले आग्रह गर्नुभयो ।
अध्यक्ष राईले साकेला गाउँपालिकाले अन्य स्थानीय तहहरुभन्दा पृथक ढंगबाट काम गरिरहेको बताउँदै सबै पक्षको सहयोगले मात्र यहाँको शिक्षा, स्वास्थ्य, भौतिक निर्माण, सरसफाई लगायत समग्र क्षेत्रमा उत्कृष्ट काम हुने बताउनुभयो । उहाँले विद्यालय मर्ज गरेर, शिक्षकलाई सेवा सुविधा थपेर, भौतिक पूर्वाधार निर्माण गरेरमात्र शैक्षिक गुणस्तरमा वृद्धि नहुने बताउँदै प्रयोगात्मक, व्यवहारिक र नैतिक शिक्षाको सुरुवात गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कक्षा ५, ८ र १० मा अध्यापन गराउँदै आएका शिक्षक शिक्षिकाको क्षमता विकास गराउने उद्देश्यका साथ सञ्चालन गरिएको पाठ्यक्रम प्रवोधिकरण तालिममा ९० जना भन्दा बढी शिक्षक–शिक्षकाहरुको सहभागिता रहेको छ । जसमा सरस्वती मावि मात्तिमका प्रध्यानाध्यापक सितल राईले अंग्रेजी, सोही माविका शिक्षक राजेन्द्र श्रेष्ठले गणित र धन बहादुर रोकायले सामाजिक विषयमा प्रवोधिकरण गरिरहनुभएको छ भने सिद्देश्वरी माविका शिक्षक महेश खत्रीले विज्ञान तथा सोही माविका शिक्षिका उत्तरा राईले नेपाली विषयको प्रवोधिकरण गरिरहनुभएको गाउँपालिकास्थित शिक्षा शाखा संयोजक कविराज राईले जानकारी दिनुभयो ।
तालिम आज बिहीबार समापन हुने बताईएको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।