चैत्र ०१, २०७९ , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको दिक्तेलस्थित माटीकोरे खेलमैदानमा खोटाङ फुटवल एकेडेमी (के.एफ.ए)द्धारा आयोजित चौथो सँस्करणको ‘दिक्तेल मेयरकप अन्तरक्लब आमन्त्रित फुटबल प्रतियोगितामा नेर्पा स्पोर्टस् क्लब नेर्पाले प्रथम उपाधि हात पार्न सफल भएको छ । मङ्गलबार भएको फाइनल खेलमा माटीकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३–१ ले हराउँदै नेर्पाले चौथो सँस्करणको प्रथम उपाधि हात पार्न सफल भएको हो ।
प्रतियोगितामा विजेता नेर्पा स्पोर्टस् क्लब नेर्पाले नगद रु एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता माटीकारे सामाजिक सेवा समाजले नगद रु ६२ हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ ।
प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्ताको उपाधि नेर्पाका बिकी राई, उत्कृष्ठ खेलाडीको उपाधि माटीकोरेका दीपक खत्री, उत्कृष्ट गोलरक्षकको उपाधि माटीकोरेकै नवीन पोखरेल र उदयमान खेलाडीको उपाधि केएफएका रोहन परियारले प्राप्त गरेकाछन् । उनीहरुलाई जनही नगद रु पाँच÷पाँच हजारको साथमा गोल्डेन ग्लोब्स, गोल्डेन बल, गोल्डेन सुज र प्रमाणपत्र प्रदान गरिएको आयोजक केएफएका अध्यक्ष नूरकाजी सैंजुले जानकारी दिनुभएको छ ।
विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले नगद तथा पुरस्कार हस्तान्तरण गर्नुभएको छ । यही फागुन–२७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा जिल्ला काआठवटा क्लबहरुले सहभागिता जनाएको थियो ।
दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको प्रायोजन एवं खोटाङ फुटवल संघको संरक्षकत्वमा आयोजित प्रतियोगितामा साकेला फुटबल क्लब रतन्छालाई ४–३ गोल अन्तरले हराउँदै नेर्पा तथा आयोजक केएफएलाई १–० ले हराउँदै माटिकोरे सामाजिक सेवा समाज फाइनल प्रवेश गरेको थियो । ‘खोटाङको पहिचान खेलकुदको अभियान’ भन्ने नाराका साथमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख तीर्थराज भट्टराईले गर्नुभएको थियो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।