कार्तिक २७, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
यतिखेर डिजिटल युगको बाक्लो सञ्जालभित्र सञ्चार माध्यमहरु चुस्त र शक्तिशालि बनेकाछन् । जतिखेर सञ्चार क्षेत्र ढुकढुकी मात्रै लिएर लोक संसारमा सुस्त सुस्त चिनिन खोजिरहेको थियो, त्यो वेला कलम र कागजको भरमा नेपाली साहित्यलाई विश्व साहित्यको सँघारमा प्रवेश गराउने सशक्त हस्ताक्षर लक्ष्मी प्रसाद देवकोटा आजको शक्तिशाली मिडियाको स्पेशमा भने त्यति अटाउन सकेको देखिन्न । आज उहाँको ११५ औँ जन्मजयन्ती हो ।
नेपाली साहित्यिक जगतमा महाकविको पदबाट सूशोभित देवकोटाको जन्म पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रो सन्तानका रुपमा वि.सं. १९६६ कार्तिक २७ गते तिहारको लक्ष्मी पूजाका दिन डिल्लीबजार, धोबीधारा, काठमाडौँमा भएको थियो । गाई तिहार/औँशी लक्ष्मीपूजाका दिन उहाँको जन्म भएका हुनाले लक्ष्मीप्रसाद नाम राखिए पनि न्वारानको नाउँ भने तीर्थमाधव देवकोटा हो ।
महाकवि देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिनुहुन्छ । उहाँले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छन् । देवकोटासँग धेरै छोटो समयमा साहित्यिक जटिलता र दार्शनिक घनत्वसहित लामो महाकाव्य र उत्कृष्ट कविता रचना गर्ने क्षमता थियो ।
उहाँले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेर विश्व साहित्य जगतमा नेपाली साहित्यलाई परिचित गराउनुभयो । विशेष गरी मुनामदन कृति उहाँको अद्धितिय कृति मानिन्छ । देवकोटाद्वारा लिखित वियोगान्त खण्डकाव्य मुनामदन देवकोटाको मृत्युको पाँच दशक पछिसम्म पनि साझा प्रकाशनद्वारा अत्यधिक बिक्री हुने कृतिमा पर्दछ । मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो ।
यति विलक्षण साहित्यिक प्रतिभाका धनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम लक्ष्मी प्रसाद भएपनि केवल उहाँसँग देवी सरस्वतीमात्र दाहिना भैरहिन, यध्यपि देवी लक्ष्मी उहाँको पहुँचभन्दा सदैव टाढा नै रहन चाहिन् । जीवनपर्यन्त भौतिक अभाव र समस्याले उहाँलाई लखेटिरह्यो ।
महाकवि देवकोटाको वि.सं. २०१६ भाद्र २९ गते देहान्त भएको थियो ।
११५ औँ जन्मजयन्तीको ऐतिहासिक दिनमा नेपाली साहित्यिक आकाशमा कहिल्यै नअस्ताउने नक्षत्रका रुपमा उदाएका साहित्यिक चिराग महाकवि लक्ष्मीप्रसाद देवकोटालाई हलेसी एफएम साहित्यिक श्रद्धासुमन अर्पण गर्दछ ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान