पौष ०१, २०८१ , Khotang
(दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक क्षेत्रमा शैक्षिक/भौतिक गुणस्तर वृद्दिका लागि विविध काम गरिरहेको छ । शैक्षिक सुधार कार्य दल गठनका साथै स्थानीय पाठ्यक्रम निर्माण, शिक्षक तालिम, विधिसम्मत प्रअ नियुक्ति, विषयगत शिक्षक समूह गठन जस्ता कामहरु गरेर नगरस्तरीय शैक्षिक सुधारका काम गरिएको पाउछौँ । यस सम्बन्धमा थप स्पष्ट पार्न हलेसी एफएमका तर्फबाट सुनिल श्रेष्ठले नगरप्रमुख तीर्थराज भट्टराईज्युसँग गरिएको कुराकानी)
प्रश्न– नगरपालिकामा शैक्षिक गुणस्तर र विध्यालयको भौतिक सुधारमा यहाँ निर्वाचित भैसकेपछि के कस्ता कामहरु भैरहेका छन्, बताई दिनुस न ।
नगरप्रमुख – हामी निर्वाचित भएर आएपछि शैक्षिक सुधारका क्षेत्रमा सिर्जनात्मक र भावनात्मक सुधारका क्षेत्रमा हामीले काम गरिरहेका छौं । जवसम्म शिक्षकको आत्मावल बढाउन सक्दैनौं, तवसम्म शिक्षामा सुधार हुन सक्दैन भन्नेमा हामी सचेत छौ । एक दुईजना भ्रष्ट नेता, कर्मचारी वा विचौलियाका कारण त्यो क्षेत्रमा सक्रिय सबैलाई फटाहा र बदमास हुन भन्ने भाष्य निर्माण गर्नु दुर्भाग्यपूर्ण हो । जुन अम्लोमा विष लाग्छ त्यहीँ औलो काटिन्छ । त्यस्तै भ्रष्टाचारी, दूराचारी र घुसखोरलाई निर्मम कार्वाहीको नीति बनाउन जरूरी छ । दुई–चार जना कामचोर शिक्षकलाई जोडेर समग्र सम्मानित गुरूवर्ग माथि लगाईने आरोप सरासर गलत छ । हामीले शिक्षामा सुधारका लागि निरन्तर प्रयत्न गरिरहेका छौ । सबै पक्षबाट सहयोग पुगेको महशुस गरेको छु । अलि कमजोरी भनेको अविभावकीय शिक्षा हामीले दिन सकेका छैनौ । त्यसकाममा पनि कार्ययोजना बनाएर अघि बढ्ने तयारी भइरहेको छ ।
प्रश्न–– विध्यालयको प्रअ नियुक्तिमा अलि सकस परेको सुनियो, के कस्तो विधि अपनाएर प्रअ नियुक्ति गरियो ?
नगरप्रमुख – मैले यसलाई सहज रूपमा लिएको छु । किनकी नयाँ र पारदर्शी काम गर्न खोज्दा असजिलो र अप्ठेरो हुन्छ । सोँचे जति सरहरूले सहभागिता जनाउनु भएन । हामीले कानुनी प्रवधान अनुसार ५ वर्षका लागि प्र.अ. नियुक्ति गरेर नयाँ दृष्टिकोण र अवधारणा अनुसार विद्यालय संचालन गर्ने प्रयत्न गरेका हौं । निष्पक्ष र पारदर्शी रूपमा विज्ञको छनौट गरेर परीक्षा सम्पन्न ग–यौँ । कोशी प्रदेशमा संभवतः पहिलो हुनुपर्छ यो ढंगले प्रअ छनौट गर्ने हाम्रो नगरपालिका ।
प्रश्न––– स्थानीय सापेक्षतामा पाठ्यक्रम निर्माण गरिएको भनिएको छ ? पाठ्यक्रम निर्माणका लागि के कस्ता आधारहरु लिईयो ?
नगरप्रमुख –आधार र स्रोत सबै स्थानीय नागरिक, प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्वहरू हुन् । यहींको खोलानाला, बनौषधी, जरीबुटी र पाखापखेरा हुन् मुख्य आधार र स्रोत । पाठ्यक्रम निर्माण गर्न ठूलाठूला विद्वान र साहेबले मात्रै सक्छन् भन्ने भ्रमको खोल च्यातिएको छ अहिले । हाम्रो गाउँ टोल वस्तिमा पढाउने सबै गुरू–गुरुआमा योग्य र सक्षम हुनुहुन्छ भन्ने पुष्टी भएको छ । यो ढंगले पाठ्यक्रम निर्माण गर्ने नगरपालिका पनि सम्भवतः पहिलो दोस्रोमा नै आउँछ हाम्रो नगरपालिका ।
प्रश्न–– शैक्षिक सुधार कार्यदल कसरी गठन गरियो ? यसले के के काम गरिरहेछ ?
नगरप्रमुख – कार्यपालिकाको औपचारिक बैठकबाट हामीले शैक्षिक कार्यदल गठन गरेका हौं । लामो समयदेखि शिक्षामा रूपान्तरण र शैक्षिक जागरणमा लाग्नु भएको सूर्यवहादुर राईको संयोजकत्वमा समाजसेवी प्रकाश श्रेष्ठ, शैक्षिक अभियन्ता कृष्णबहादुर बुढाथोकी, तत्कालिन पत्रकार महासंघका अध्यक्ष दिलिप खत्री, वरिष्ठ पत्रकार दमन राई र नगरपालिकाको शिक्षा शाखाबाट १ जना सदस्य रहने गरि एउटा उच्चस्तरीय समिति बनेको छ । उहाँहरूले धेरै मेहनत र जाँगरका साथ गहिराईमा पुगेर काम गरिरहनु भएको छ । कार्यदलको सिफारिसमा धेरै काम र गतिविधि भएका छन् यस वीचमा । २०८२ को शैक्षिक शत्रको शुरूवातमा केही महत्वपूर्ण र दीर्घकालीन निर्णय गर्नेगरी आन्तरिक काम गरिरहेका छौ । यसमा वर्गीय संघ÷ संगठनबाट पनि हामीलाई नियमित साथ र सहयोग मिलेको छ ।
प्रश्न–– यसरी शैक्षिक क्षेत्रमा काम गर्दा गर्दै गत एसईईको परीक्षामा आएको नतिजाबाट नगरपालिका कतिको सन्तुष्ट रह्यो ?
नगरप्रमुख –हाम्रो नीति निर्माण तह र अविभावक पनि परीक्षा नतिजालाई मात्रै उपलव्धी मान्छौ । बच्चाको सिकाई उपलब्घि, संस्कार, अनुशासन र जीवन उपयोगी शिक्षा छ कि छैन ? खासै सरोकार राख्दैनौं । हुनत परिणाम पनि एउटा महत्वपूर्ण पाटो पनि हो तर कुन दिशा तर्फ लम्कने र शिक्षा नीतिलाई कसरी परिणाम मुखी बनाउने हो गम्भीर समिक्षा गर्न जरूरी छ । अन्य पालिकाको परिणाम हेर्दा अहिलेको परिणामले हामी पूर्ण सन्तुष्ट छौं । यसलाई कसरी कायम राखी रहने र थप उपलब्घि कसरी हासिल गर्ने भन्नेमा हामी ज्यादा चिन्तित छौ । शिक्षामा सामान्य परिवर्तन मात्र होइन रूपान्तरण जरूरी छ ।
प्रश्न–– आगामी चित्रकला प्रतियोगिता र वालवालिकाका लागि गायन प्रतियोगिता गर्ने सुचना जारी गरिएको छ । विध्यार्थीहरुका लागि लक्षित गरेर आयोजना गरिएका यी कार्यहरुबाट के अपेक्षा गरिएको छ ?
नगरप्रमुख–हामीले विद्यार्थीहरुको सर्वांगिण विकासको लागि यस्ता रचनात्मक र सिर्जनात्मक गतिविधि गरिरहेका छौ ।
प्रश्न—अन्तमा नगरप्रमुखज्युले थप केही बताउन छ भने ?
नगरप्रमुख – धन्यवाद सुनिलजी ! तपाईको लोकप्रिय हलेसी एफएमको अनलाइनमा शिक्षा क्षेत्रलाई महत्व दिएर मलाई आफ्नो धारणा राख्ने अवसर दिनुभयो । शिक्षाको गुणस्तर सुधार सँगसँगै भौतिक सुधारमा पनि हामीले नगरपालिकाको तर्फबाट र माथिल्लो निकायमा समेत पहलकदमी गरिरहेका छौँ । अर्कोतर्फ सामुदायिक रेडियो हलेसी एफएम तथा अनलाइनले कृषि, स्वास्थ्य, विकास निर्माण लगायतमा नियमित कार्यक्रम चलाउनु भएको सुन्छु तर शिक्षा क्षेत्रमा छुट्टै कार्यक्रम उत्पादन गरेर बहस र छलफल चलाएको नगन्य मात्रै सुन्छु । मेरो सुनिलजीलाई सुझाव छ, साप्ताहिक रूपमा शैक्षिक रूपान्तरण, विध्यालयमा भई रहेका अभ्यास र भविष्यमा गुणात्मक सुधारका लागि शिक्षाको क्षेत्रमा जीवन विताउनु भएको आदरणीय पवन सर, शिव सर, ध्यान सर, झनक सर, जय सर लगायतको अनुभव र अहिले पढाई रहनु भएका सरहरूको वीचमा साप्ताहिक बहस जस्ता कार्यक्रम बनाउनलाई सुझाव दिन चाहन्छु । किनकी शिक्षा जननी हो । शिक्षामा रूपान्तरण नभई अन्यत्र सुधार असम्भव छ । शिक्षा पुस्तकको पढाई मात्र होइन । व्यवहारिक, सामाजिक दायित्व र कृषि लगायत पनि शिक्षाको एउटा पाटो हो । धन्यवाद !
[यो पनि--कृषकलाई कसरी लाभान्वित गराउन सकिन्छ भन्ने विषयमा बाँस सम्मेलन केन्द्रित हुनेछ-नगरप्रमुख भट्टराई ]
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।