माघ २८, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको वराहपोखरी गाउँपालिकाले आव २०८०/०८१ को अर्धवाषिर्क सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाभित्र सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टि एवं गुनासो सुनुवाई गर्ने उद्देश्यका साथ बिहीबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
जिल्लाको सदरमुकामदेखि टाढा रहेको वराहपोखरी गाउँपालिकाबाट संघीय संरचनापछि आफ्नै पालिकामार्फत सार्वजनिक सेवा प्रवाह हुन थालेपछि यहाँका जनताले केही राहत महसुस गर्न पाएका छन् । स्थानीय सरकारबाट यस आबको ६ महिना भरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि आयोजना गरिएको कार्यक्रममा स्थानीय वासीहरुले चासोका साथ उपस्थिति जनाएका थिए ।

कार्यक्रमका सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका कामका साथै पालिकाको प्राकृतिक शौन्दर्य कायम राख्न फोहर मैला व्यवस्थापन, सडक, पूल लगायतका वारेमा पनि आफ्नो जिज्ञासाहरु राखेका थिए । नागरिकको प्रश्नहरुको जवाफ पालिका अध्यक्ष सालिकराम बञ्जरा र उपाध्यक्ष भुवलराज राइले दिनुभएको थियो ।
वराहपोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जराको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई, राजनीति दलका प्रमुख तथा प्रतिनिधि, वराहपोखरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष गोमा मगर, जिल्लाका सञ्चारकर्मीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सरोकारवाला साथै स्थानीयको उपस्थिति रहेको योजना शाखा प्रमुख रमेश पोखरेलले जानकारी दिनुभयो ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान