माघ १६, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोेटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो पटक त्रिभुवन विश्वविध्यालय कीर्तिपुरका नौ जना बैज्ञानिकहरुलाई आफ्नै ठाउँमा स्वागत गर्न पाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारिकरणका लागि आगामी फागुन १५, १६ र १७ गते दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानमा आयोजना गर्न लागिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन बाँसको क्षेत्रमा लामो अध्ययन र अध्यापन गराइरहनुभएका रिकाप्ट पूर्व निर्देशक पोलीमर बैज्ञानिक रामेश्वर अधिकारी, त्रिभुवन विश्वबिध्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका रसायन शास्त्रका प्रोफेसर लगायत नौ जनाको टोली दिक्तेल आइपुग्नु भएको नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराइले जानकारी दिनुहुँदै उहाँलाई नगरपालिकाले उत्साहका साथ स्वागत गरिएको बताउनुभयो ।
दर्जनौं व्यक्तिहरूलाई पिएचडी गराएर सम्मानित भैसक्नु भएका प्रा.डा. अधिकारीका साथ अनुसन्धानमा बिज्ञता हासिल गर्नुभएका अन्य बैज्ञानिकहरु डा. शेखर प्रसाद खतिवडा, डा. राजेश पण्डित, प्रकाश लामिछाने, डा विमल उपाध्याय, आशिष वि.क., योगराज जोशी, नविन भट्टराई, सविन खनालको टोलि खोटाङको प्रमुखनगरी दिक्तेलबजारमा आइपुग्नु भएको नगरपालिकाले जनाएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भएका बाँसको प्रजाति पहिचान, यसको अवस्था, यसको बैज्ञानिक र व्यवसायिक सदुपयोग र भविष्यमा बाँस खेतिको सम्भावना तथा चुनौतिको अध्ययन अनुसन्धानका साथै राष्ट्रिय बाँस सम्मेलनलाई अझ मूर्तता दिन के गर्न सकिन्छ भन्ने सम्बन्धमा दिक्तेल नगरपालिकालाई उहाँहरुको सुझाव सल्लाहले सार्थक महत्व राख्ने नगरप्रमुख भट्टराईको कथन छ ।
प्रा.डा. अधिकारीले बाँसका क्षेत्रमा लामो अध्ययन र अनुसन्धान गर्नु भएको बुझिएको छ । उहाँको टिमले नगरका सबैभन्दा तल्लोभाग, मध्यभाग र सबैभन्दा माथिल्लो भूभागमा रहेको बाँसको प्रजाति र अवस्था बुझ्ने, माटोको परिक्षण गर्ने र बाँसको बैज्ञानिक तथा व्यवसायिक प्रवर्द्धनका लागि भावी कार्यनिति बनाएर आधिकारिक तथा प्रामाणिक दस्तावेज नगरपालिकालाई बुझाउने बताईन्छ ।
विषय विज्ञताका आधारमा यो तहको बैज्ञानिक क्षेत्रगत अध्ययन, अनुसन्धान र पहिचानका लागि खोटाङ आउनुभएको सम्भवतः पहिलो इतिहास भएको श्रोतले बताएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !