फागुन २९, २०७९ , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकहरुका लागि पाँच दिने पेशागत दक्षता विकास तथा क्षमता विकास कार्यशाला गोष्ठी सञ्चालन भैरहेको छ । शिक्षा तालिम केन्द्र सुनसरीको आयोजना र नगरपालिकाको समन्वय तथा सहजिकरणमा फागुन २६ गते देखि ३० गतेसम्म सञ्चालन हुने पेशागत दक्षता विकास एवं क्षमता विकास तालिमको हिजो नगरपालिका सभाहलमा उद्घाटन भएको हो ।
दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष तीर्थराज भट्टराईद्धारा उद्घाटन भएको शिक्षकहरुको क्षमता विकास कार्यशाला गोष्ठीमा कक्षा ६ देखि १० सम्मका Science, Technology, Engeneering and Mathematics—STEM बिषयमा नगरपालिका भित्रका सामुदायिक बिध्यालयहरुमा कार्यरत २५ जना शिक्षकहरु तथा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमका २९ जना शिक्षकहरु सहभागी रहनेछन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख एवं नगर शिक्षा संयोजक भट्टराईले भन्नुभयो—‘शिक्षक, राष्ट्र कर्मचारीहरुलाई नगरको प्रथम नागरिकमा राखेको छ, उहाँहरु पछि मात्र जनप्रतिनिधि आउछन्, त्यसैले प्रथम नागरिकहरुबाट नगरले ठूलो आशा राखेको छ । उहाँहरुले नै आफ्नो जिम्मेवारीमा कमजोरी गर्नुभयो भने नगरपालिका असफल हुनेछ । यही कारण शिक्षकहरुको क्षमता विकासका लागि नगरले सहजिकरण गर्नु पर्छ । यो तालिम राख्नुको औचित्य पनि यहीँ हो । ’
(१) उद्घाटन कार्यक्रममा नगर प्रमुख तथा नगर शिक्षा समिति संयोजक भट्टराई संवोधन गर्नुहुदै / (२) तालिम सञ्चालन हुँदै
उद्घाटन कार्यक्रममा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ का अध्यक्ष दिनेशकुमार घिमिरे, १ नं वडाका वडाध्यक्ष, नबराज राई, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलले तालिमको सफलताको शुभकामना मन्तव्य दिनुभयो ।
तालिमको पहिलो दिन शिक्षक तालिम केन्द्र सुनसरीका तालिम प्रमुख सुर्यराज घिमिरे, शाखा अधिकृत मानबहादुर देबकोटा, शाखा अधिकृत रेवन्तबहादुर बस्नेत लेखा अधिकृत दुर्गाप्रसाद ढुंगाना, राष्ट्रिय मानव अधिकार आयोगका लोकनाथ घिमिरेले सहजिकरण गर्नुभएको थियो । शिक्षा सुधारका अभियन्ताहरु हिम्मत सिह लेकाली, नबिन पौडेल, गोपालदत्त जोशी तथा भगवती मावि इलामका अंग्रेजी राष्टर तिर्थमान राईले प्रशिक्षण दिनुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !