पौष २८, २०८१ , Khotang
युवराज बस्नेतको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्वर १ आदर्श टोलस्थित देविस्थान एकता समाजको वाह्रौँ साधारण सभा तथा पाँचौ अधिवेसन सम्पन्न भएको छ । समाजको पौष २७ गते बाहौँ साधारण सभा तथा नयाँ कार्य समिति गठन गर्दै पाँचौ अधिवेशन सम्पन्न भएको हो ।


पाँचौ अधिवेशनबाट समाजको कार्य समितिमा युवराज वस्नेत अध्यक्ष, चन्द्रकला आचार्य उपाध्यक्ष, गीता थापा सचिव, लम्व वहादुर खड्का कोषाध्यक्ष र अर्जुन कुमार राउत सहसचिवमा सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा टंक वहादुर वस्नेत, टेष्ट वहादुर वस्नेत, धन कुमारी खड्का, अनिता वुढाथोकी, लक्ष्मी वस्नेत, राजन खड्का, नन्द वहादुर खड्का, देवराज ढकाल, रमेश घिमिरे, कल्पना खड्का, निर वहादुर खड्का र खड्ग वहादुर खड्का सहित १७ सदस्यीय कार्य समिति चयन भएको समाजकी नवनिर्वाचित सचिव गीता थापाले हलेसी एफएमलाई बताउनुभयो ।
सचिव थापाका अनुसार समाजको विधान बमोजिम उहाँहरु चार वर्षका लागि चयन हुनुभएको हो ।
यसैगरी समाजको बाह्रौँ साधारणसभाबाट गत वर्षको समिक्षा तथा आगामी वर्षका लागि नीति तथा कार्यक्रम तय भएको जनाईएको छ ।
समाजमा पारस्परिक एकता र सहकार्य स्थापित गर्दै विकास निर्माण लगायत सामुदायिक गतिविधिहरुमा स्थानीयवासी सबैलाई कृयाशिल गराउन विक्रम सम्वत २०५३ सालमा देविस्थान एकता समाजको गठन गरिएको नवनिर्वाचित अध्यक्ष बस्नेतको कथन छ ।
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख २१, सोमवार /सुनसरीको तरहरामा आयोजित दोस्रो...
हलेसीन्युजडेस्क, खोटाङ । वैशाख ११, शुक्रवार / खोटाङ जिल्लाको दिक्तेल...
----सुमित्रा थामी ‘अविरल’ सीमाना पारि उभिएर मेरो आँखामा दार्जिलिङ कुहिरोले...
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख ६, आइतवार / खोटाङको साकेला गाउँपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र ३०, सोमवार / खोटाङको जन्तेढुंगा गाउँपालिकाले...
यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह हलेसीन्युजडेस्क, खोटाङ । चैत्र...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान