जेठ १९, २०८० , Sindhuli
हलेसीन्युजडेस्क, खोटाङ
काठमान्डौबाट खोेटाङ आउदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को गाडी मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अन्तर्गत गोलन्जोर गाउपालिका–७ लौकुनबाट सुनकोसी नदिमा खसेको छ । बा १ झ ७४६७ नम्बरको जिप सुनकोसी नदीमा खस्दा जीपमा सवार मध्ये तीनजना वेपत्ता भएको र एकजना नदीबाट पौडिएर निस्कन सफल भएको सिन्धुलीका प्रहरी नायब उपरिक्षक चिरन्जीवी दाहालले बताउनु भएको छ ।
सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल र ड्राइभर कृष्ण चौधरीसहित ४ जना जिपमा सवार थिए । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा सञ्चालित प्राविधिक शिक्षालयको अनुगमन तथा शैक्षिक अन्तरकृयामा सहभागी हुन आउँदै गर्दा उहाँहरु सवार उक्त जीप सुनकोशीमा खसेर दुर्घटना भएको थियो ।
तनहुँ जिल्लाका भानु नगरपालिका ९ निवासी हाल सिटिभिटिका प्रशासन शाखाका निर्देशक ५७ वर्षीय के.सी, पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ घर भएका योजना नीति तथा तर्जुमा निर्देशक ५६ वर्षीय भुर्तेल र इलाम घर भएका ३२ वर्षीय विद्युत् प्राविधिक अधिकृतु पौडेल हालसम्म वेपत्ता हुनुहुन्छ भने सवारी चालक चौधरी नदीबाट पौडेर वाहिर निस्कन सफल भएका हुन ।
काठमान्डौबाट उहाँहरु शुक्रवार प्राविधिक शिक्षालयको अनुगमनका साथै खोटाङको शैक्षिक गतिविधिबारे अन्तरकृयामा सहभागी हुन आउँदै हुनुहुथ्यो । पुर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पनि यी कार्यक्रमको लागि खोटाङ आर्ईसक्नु भएको थाहा भएको छ ।
घार्ईते चालकको नजिकैरहेको स्थानीय स्वास्थ्य चोकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !