आश्विन ०६, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको केपिलासगढी गाउँपालिकाले यो आर्थिक वर्षमा पनि किसानहरुलाई तोरी खेतीमा प्रोत्साहन गर्नका लागि तोरी खेती प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिएको छ । आव २०७९/८० को गाउँसभाबाट स्विकृत कृषि विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले व्यवसायिक रुपमा तोरी खेतिमा किसानहरुलाई प्रोत्साहन गर्न शुरु गरिएको तोरी खेती प्रवर्द्धन अनुदान कार्यक्रमका लागि सहभागी हुन यो आव २०८१/८२ मा पनि किसानहरुलाई आह्वान गरेको हो ।
व्यवसायिक तोरी खेतीको माध्यमबाट किसानलाई स्वरोजगार बनाउदै आयातित खाने तेल विस्थापित गर्ने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम शुरु गरिएको गाउँपालिका प्रमुख समिर राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘आम किसानहरुलाई व्यवसायिक रुपमा तोरी खेतीमा आकर्षित गराउने, तोरीको उत्पादन बढाउने, बजारिकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तोरी खेती प्रवर्द्धन अनुदान कार्यक्रम लागू गरिएको हो र यसलाई हरेक वर्ष प्रभावकारी बनाउदै लगिनेछ ।’
तोरी खेती प्रोत्साहनका लागि लागू गरिएको अनुदान कार्यक्रम अन्तर्गत गाउँपालिकाबाट अनुदान प्राप्त गर्न किसानले गाउँपालिकाबाट पारित गरिएको ‘तोरी खेती प्रोत्साहन अनुदान कार्यक्रम कार्यविधि–२०७९’ को अनुसूचि १, २ र ३ मा तोकिएको ढाँचामा आ–आफ्ना वडा कार्यालयका आवेदन दिन सकिनेछ ।
यो आव २०८१/८२ का लागि भाद्र ३० गतेदेखि अशोज १४ गतेसम्म किसानहरुले कार्यविधिमा तोकिएको ढाँचा अनुसार आवेदन दिन गाउँपालिकाले जानकारी गराएको छ । गाउपालिकाका अनुसार कार्यविधिको अनुसूचि १, २ र ३ ले अनुदान प्राप्त गर्न किसानले कम्तिमा ३ रोपनी जमिनमा तोरी खेती लगाएको हुनुपर्नेछ, तोरी कम्तिमा २ मुरी उत्पादन भएको हुनुपर्नेछ । गाउपालिकाका प्रमुख संयोजक रहेको अनुगमन तथा मूल्याँकन समितिको सिफारिसको आधारमा कृषक, कृषि फार्म, कृषक समूहले अनुदान रकम प्राप्त गर्ने पालिका श्रोतले जनाएको छ ।
पालिका अध्यक्ष राईका अनुसार यो कार्यक्रम लागू भएपछि गाउपालिकामा तोरी उत्पादनमा उल्लेख्य बढोत्तरी भैरहेको छ । किसानहरु तोरी खेतीमा स्वतःस्फूर्त आकर्षित बन्दै गैरहेकाछन् ।
[यो पनि-खोटाङमा तोरी उत्पादनमा वृद्धि ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !