जेठ १६, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
नेपाली लेखक संघ कोशी प्रदेशको आयोजनामा आगामी जेठ २६ गते विराटनगरमा विशेष साहित्यिक सभा हुने भएकोछ । नेपाली लेखक संघ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सो संस्थाको सचिवालय समितिको बैठकबाट सबै प्रदेशका साहित्यकारहरुलाई पालैपालो कोशी प्रदेशमा आमन्त्रण गरी स्रष्टा सम्मान एवं प्रदेश–प्रदेशबीचको साहित्यिक गतिविधिका विषयमा अन्तरसंवाद गर्दै जाने निर्णय गरिएको हो ।
‘एउटा प्रदेशसँग अर्को प्रदेशका स्रष्टा’ शीर्षकको श्रंखला कार्यक्रमको सबैभन्दा पहिलो श्रंखलामा गण्डकी प्रदेशका स्रष्टाहरुको आगमन जेठ २६ गते कोशी प्रदेशको विराटनगरमा हुनेछ ।
‘यस्ता कार्यक्रमले एक प्रदेशका स्रष्टा र अर्को प्रदेशका स्रष्टाबीच सम्बन्ध विस्तार हुनेछ,’ अध्यक्ष अधिकारीले भन्न्ुभयो—‘कला, साहित्य र सँस्कृतिको समेत आदानप्रदान हुने हाम्रो विश्वास छ ।’
लेखक संघ कोशीका महासचिव मीनकुमार नवोदितका अनुसार मुलतः कविता वाचनमा केन्द्रित समारोहमा कोशी प्रदेशका सबै जिल्लाका स्रष्टाहरुको प्रतिनिधित्व रहनेछ भने गण्डकी प्रदेशको साहित्यको विविध आयाम अनि कोशी प्रदेशको साहित्यको विद्यमान अवस्थाका बारेमा छुट्टाछुट्टै कार्यपत्र पनि प्रस्तुत गरिनेछ । सो अवसरमा गण्डकी प्रदेशका अग्रज स्रष्टालाई सम्मानसमेत गरिने महासचिव नवोदितले जानकारी दिनुभयो ।
विक्रमसम्वत् २००८ सालमा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतको सक्रियतामा स्थापित लेखक संघको ७ वटै प्रदेश र करिब ७० जिल्लामा संगठन विस्तार भइसकेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !