बैशाख ०७, २०८० , Diprungchuichumma RUM
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकास्थित नेपाल रेडक्रस सोसाइटी छितापोखरी उपशाखाले नयाँ कार्य समिति चयन गर्दै पाँचौँ अधिवेशन सम्पन्न गरेकोे छ । दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं.५ स्थित छितापोखरी वजारअन्तर्गत आमा समूहको भवनमा नेपाल रेडक्रस सोसाइटीका विशिष्ट सदस्य केशवराज कार्कीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति गठन गर्दै बुधवार नेपाल रेडक्रस सोसाइटी छितापोखरी उपशाखाको पाँचौ अधिवेशन सम्पन्न भएको हो ।
उपशाखाका सभापति अमृतबहादुर खड्काको अध्यक्षता, दिप्रुङचुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी दिक्तेल शाखाका सभापति ज्ञानेन्द्र जोशी र मन्त्री छत्रकुमार वजिमयको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनबाट नयाँ कार्य समितिका लागि सभापतिमा वडा नं. ५ सप्तेश्वर छितापोखरी निवासी विशिष्ट सदस्य केशवराज कार्की, उपसभापतिमा सोही वडानिवासी विमला कार्की केसी, सचिवमा वडा नं. २ डाँडागाउँका दिलभक्त राई, उपसचिवमा वडा नं. ६ छितापोखरीका रमेश खड्का, कोषाध्यक्षमा वडा नं. २ डाँडागाउँका खड्गबहादुर तामाङ र उपकोषाध्यक्षमा वडा नं. ५ सप्तेश्वर छितापोखरीका जवरसिंह कटवाल चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा वडा नं. ६ छितापोखरीका अमृतबहादुर खड्का, वडा नं. २ डाँडागाउका वद्री कटवाल, वडा नं. ५ सप्तेश्वर छितापोखरीकी रमाकुमारी कार्की, वडा नं. ६ छितापोखरीका सुमन खड्का, र वडा नं. ५ सप्तेश्वर छितापोखरीकी चन्द्रमाया राई चयन हुनुभएको छ ।
अधिवेशनले वडा नं १का वडाधयक्ष केशवकुमार खत्रीको संयोजकत्वमा पाँच सदस्य सल्लाहकार समिति पनि गठन गरेको छ । सदस्यहरुमा विमल खड्का, भानुभक्त रेग्मी, रञ्जु खड्का र अमृत गीरि रहनुभएको छ ।
अधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथि पालिका अध्यक्ष लोकेन्द्र राई, विशेष अतिथिहरु नेपाल रेडक्रस सोसाइटी दिक्तेल शाखाका सभापति ज्ञानेन्द्र जोशी, मन्त्री छत्रकुमार वजिमय, वडा नं. १ का वडाध्यक्ष केशवकुमार खत्री, वडा नंं २ का वडाध्यक्ष बद्री कटवाल, वडानंं ५ का वडाध्यक्ष डम्वरबहादुर खड्का , वडा नंं ६ का वडाध्यक्ष मिलन राई लगायतले रेडक्रसको प्रभावकारिता र यसको औचित्यका वारेमा धारणा राख्नुभएको थिया ।
कार्यक्रममा रेडक्रसका आजीवन सदस्यहरु, साधारण सदस्यहरुका साथै स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
२०५४ सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा छितापोखरीमा हाल ४१ जना आजीवन सदस्य तथा १६ जना साधारण सदस्य रहेका छन् ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !