बैशाख २३, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था सरस्वती आधारभूत बिध्यालयका भवनहरु जीर्ण अवस्थामा रहेको पाइएको छ । विध्यालयको पुराना भवनहरु जीर्ण बन्दा विध्यार्थीहरुलाई पढाउने थलोको रुपमा रहेको विध्यालय जोखिमयुक्त बन्न पुगेको हो ।
विध्यालयको भौतिक अवस्था दैनिक दयनीय बन्दै पठन पाठन कष्टकर हुनथालेपछि विद्यार्थीहरु यहाँ पढ्न छाडेर छिमेकी विध्यालयहरुमा जाने थालेको प्र.अ. मेघराज धमलाले बताउनुभयो । उहाँ भन्नु हुन्छ–‘अभिभावकहरूको चाहना बढ्दो छ, विध्यालयसँग स्रोत, साधन छैन । जे छ, त्यहीँबाट सेवा प्रवाह गर्ने हो, त्यसले गर्दा विद्यार्थी घटेका हुन् ।’
बिक्रम सम्बत् २००९ सालमा स्थापना भएको यस सरस्वती आधारभूत बिध्यालयलार्ई २०३३ सालमा पुनःस्थापना गरिएको थियो । सदरमुकाममा रहेको हुँदा विध्यार्थीहरुको राम्रो चाप छ । तर पछिल्लो समयमा यसको भौतिक अवस्था जीर्ण बन्दै गएको देखिन्छ । दुइवटा भबन जीर्ण हुँदा वर्षायाममा भत्किने सम्भावना रहेको छ । दुवै भवनमा वर्षादको समयमा पानी चुहेर विध्यार्थीहरु असुरक्षित रहन वाध्य हुन्छन् । शिक्षकहरु गुनासो सुनाउनुहुन्छ ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पले विद्यालयका भवनहरु जीर्ण बने । तर सरोकारवाला निकायहरु कसैको ध्यान जान नसकेको बि.ब्या.स अध्यक्ष अजय बस्नेत बताउनुहुन्छ ।
बिध्यालयमा नयाँ शैक्षिक सत्रमा ७० देखि ७५ भन्दा बढी विद्यार्थीहरु अध्ययनरतः रहेका छन् । बिध्यालयमा राम्रो भबन नहुदा पठन पाठनमा समस्या हुने गरेको बस्नेतले बताउनु भयो । नयाँ संरचना निर्माण र विषयगत शिक्षक राख्न सके विद्यार्थी दर अझ बढाउन सकिने उहाँको कथन छ । बिध्यालयको समस्या जनप्रतिनिधि, नेता सबैलाई अवगत गराइसकिएको भए पनि कार्यान्वयनतर्फ अझसम्म कसैको चासो नपुग्दा बालबालिका एवं शिक्षकले कष्ट खेप्नु परिरहेको बिध्यालयका एक कर्मचारीले बताउनु भयो ।
उता दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ईसँग हामीले यस सम्बन्धमा सम्पर्क गरी जिज्ञासा राख्दा विद्यालय सुधारका लागि चाँडै सहयोग गर्ने बताउनु भएको छ । विद्यार्थी संख्या कम भए पनि सबै बालबालिकाको पढ्न पाउने अधिकार रहेकाले सहज रुपले पढ्ने वातावरण निर्माणका लागि नगरपालिकाले यथाशिघ्र सहयोग गर्ने नगरप्रमुख भट्टरार्ईको भनाई छ ।
कक्षा १ देखि ८ सम्म पढाइ हुने यस विद्यालयमा बालबिकास कक्षामा कार्यरत सहित ९ जना शिक्षकहरु रहेकाछन् ।
भबन राम्रो नभए पनि यस बिध्यालमा बिध्यार्थीहरुलार्ई खाजाको लागि आफ्नै क्यान्टिन तथा बिध्यालय कम्पाउण्ड घेराबारा भने राम्रो रहेको देखिन्छ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।