कार्तिक ०२, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक पत्रकार सम्मेलन गरी मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी २०८० सम्पन्न भएकोमा यसलाई सफल गराउन प्रत्यक्ष परोक्ष सहयोग पुराउने सबैलाई धन्यवाद दिएको छ । नगरपालिकाको हलमा नगरप्रमुख तीर्थराज भट्टराईले आज एक पत्रकार सम्मेलन मार्फत नेपालको अग्रणी कलाकार, उपन्यासकार तथा इतिहासकार एवं “आधुनिक कलाका पिता“ लैनसिंह बाङ्देलका पैतृक थलो खोटाङमा १४ राष्ट्रका अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका चित्रकारहरु निम्त्याएर मुन्दुम अन्तराष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनीको आयोजना गरिएकोमा नगरवासी तथा विभिन्न संघसंस्था, जनप्रतिनिधि, राजनैतिक दल, पत्रकार, उध्योग व्यवसायी, राष्ट्रसेवक, शैक्षिक संस्थाहरुले तनमनबाट सहयोग पुर्याएकोमा नगरपालिकाको तर्फबाट सबैलाई धन्यवाद प्रदान गर्नुभएको हो ।
जिल्लास्थित सञ्चारकर्मीहरु उपस्थित रहेको पत्रकार सम्मेलनमा नगरप्रमुख भट्टराईले प्रेस नोट जारी गर्दै बाङदेल जस्तो राष्ट्रिय व्यक्तित्व जन्मनु भएको माटोमा “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी“ गर्न पाउँदा गौरवको अनुभुति भएको जनाउनुभएको छ । कार्यक्रममा सम्मिलित देशी तथा विदेशी चित्रकारहरुले समेत उहाँप्रती शिर निहुराएर सम्मान गर्नुभएको उल्लेख गर्नुभएको छ ।
प्रेसनोटमा मुन्दुम एउटा जाति, भाषी र समुदायको मात्र होईन । राई, लिम्बु जातिको पुरानो धार्मिक ग्रन्थ र लोक साहित्य हो भने, मुन्दुम किरातीहरुको मौखिक वाङमय भएको स्पष्ट पार्दै यही संस्कार र संस्कृतिको सम्मानको भावले खोटाङ जिल्ला माझ किरातमा सांस्कृतिक एकता, भातृत्वभाव र भाईचारा सम्बन्धलाई अभिभावकत्व दिन सक्ने भौगोलिक आवश्यकता भएको हुनाले यो पवित्र र सम्मानित शब्द चयन गरिएको जानकारी गराइएको छ ।
यस मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनीबाट नवप्रतिभा प्रोत्साहन हुने, विश्व जगतको मानसपटलमा सकारात्मक शन्देस छर्ने, खोटाङ जिल्लाको संस्कार, संस्कृतिः सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गरेर आफ्नो पहिचान संस्थागत ढंगले स्थापना गर्ने, पर्यटन प्रवर्द्धनबाट आर्थिक समृद्धिको ढोका खुल्ने तथा कला संस्कृतिको विकास हुने नगरपालिकाको विश्वास रहेको जनाइएको छ ।
नगरपालिकाको आग्रहलाई स्विकार गरी सडक मार्गबाट लामो यात्रा गर्दै आउनु भएका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु, विशेष अतिथि प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय लगायत अन्य विशिष्ट अतिथिगण, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सद्भावना दूत सांगीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व (राई ईज किङ) राजेश पायल राई प्रति नगरपालिकाको तर्फबाट नगरप्रमुख भट्टराईले कृतज्ञता जाहेर गर्नुभएको छ ।
कार्यक्रम सफल पार्न ठाउँ–ठाउँमा स्वागतद्वार निर्माण, फूल–माला, साँस्कृतिक झाँकी तथा कलाकारहरुलाई स्वागत गर्न भौतिक उपस्थिती जनाउनु हुने सम्पुर्ण महानुभाव, चित्रकार तथा अन्य अतिथि र आयोजकलाई समेत निःशुल्क खाना र वासको व्यवस्था गरेर महत्वपूर्ण योगदान पुर्याउनु हुने शुभद्रा मदन फाउण्डेशन तथा त्यसका निर्देशक सूर्य बहादुर राई प्रति नगरपालिकाको तर्फबाट नगरप्रमुख भट्टराईले मुक्त कण्ठले प्रशंसा गर्दै कृतज्ञता जाहेर गर्नुभएको छ ।
नगरप्रमुख भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट रु.१८ लाख र धनु आर्ट स्टुडियोबाट समेत थप आवश्यक बजेट व्यवस्थापन गरि पहिलो चरणको कार्यक्रम सम्पन गरेको बताउनुभयो । दोस्रो चरणमा चित्रकारहरुले बनाउनु भएको चित्रहरुलाई नेपाल आर्ट काउन्सिल, काठमाडौंमा १५ दिने प्रदर्शनी गर्ने तथा तेस्रो चरणमा संग्राहलयको रुपमा विकास गर्ने कार्ययोजना रहेको समेत उहाँले जानकारी गराउनु भयो ।
गत अशोज १७ देखि २१ गतेसम्म आयोजना गरिएको कार्यक्रममा नेपाल लगायत अस्ट्रेलिया, वंगलादेश, भुटान, चीन, ईजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम देशका ४३ जना मुर्धन्य चित्रकारहरुको महत्वपूर्ण उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !