जेठ ३०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
कोशी प्रदेशको राजधानी विराटनगरमा कोशी प्रदेशको दोश्रो आवधिक योजनाको मस्यौदालाई आवश्यक परिमार्जन सहित स्विकृतिका लागि प्रदेश सरकारमा पठाउन अघि प्रदेश विकास परिषदको बैठक सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ देखि २०८५/०८६ सम्मका लागि तयार गरिन लागेको दोश्रो आवधिक योजना तर्जुमाका सन्दर्भमा नेपाल सरकार, प्रदेश सरकार, प्रदेश सभाका सांसदहरु, स्थानीय तहका पदाधिकारीहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, विश्व विध्यालयका प्राध्यापक एवं विज्ञहरु, विभिन्न विषयविज्ञहरु, निजी, सहकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरु, विकास साझेदार लगायतका सरोकारवाला संस्थाहरुसँग विभिन्न चरणमा छलफल, अन्तकृया गरी प्राप्त सुझाव, राय परामर्शहरु समेतका आधारमा तयार पारिएको दोश्रो आवधिक योजनाका मस्यौदामाथि जेष्ठ २९ गते मंगलवार विराटनगरमा वृहत छलफल गर्दै प्रदेश विकास परिषदको बैठकले सो मस्यौदालाई पारित गरेको हो ।
विकास परिषदको बैठक
कोशी प्रदेश, प्रदेश विकास परिषदको अध्यक्ष एवं कोशी प्रदेश सरकारका मुख्य मन्त्रि हिक्मतकुमार कार्कीको अध्यक्षतामा भएको प्रदेश विकास परिषद बैठकमा नेपाल सरकारका पूर्वअर्थमन्त्रि एवं अर्थविज्ञ युवराज खतिवडा, प्रदेश सरकारका मन्त्रिहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष राजेन्द प्रसाद अधिकारी, पूर्व उपाध्यक्ष पुरन्जन आचार्य, कोशी प्रदेशका सबै जिल्ला समन्वय प्रमुखहरु, कोशी प्रदेशका स्थानीय तहका प्रमुखहरु, राष्ट्रिय योजना आयोगका सदस्यहरु र सरोकारवालाहरुको सहभागितामा मस्यौदामाथि समूहगत छलफल गरी अन्तिम रुप दिइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं प्रदेश विकास परिषद सदस्य सनबहादुर राईले हलेसी एफएमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार दोश्रो आवधिक योजनामा लोकतन्त्र र सुशासनको प्रत्याभूतिमा जोड, दीगो विकास लक्ष्य प्राप्ति, भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनका विषयमा प्राथमिकता दिइएको छ ।
त्यसैगरी दोश्रो आवधिक योजनामा केन्द्रिय १६ औँ योजनासँग तादाम्यता हुने गरी प्रदेशको नीति, कार्यक्रम र आयोजनाहरुलाई अगाडि बढाइने रणनीति अख्तियार गरिने बताइन्छ । रोजगारी सिर्जना, स्थानीय जलश्रोतको समुचित उपयोग हुने गरी खानेपानी, सिँचाई र विध्युत उत्पादनमा जोड दिइने उल्लेख छ । संघीयताको सुदृढिकरणमा प्रदेशले प्रभावकारी भूमिका खेल्ने तथा संघ र स्थानीय सरकारहरुसँग समन्वय र सहकार्यलाई थप मजवुत गराउन पहल गरिने भनिएको छ । कतिपय आयोजनाहरुको डुप्लिेकेशन हुने परिस्थति विगतमा व्यहोरेको अनुभवका आधारमा आगामी आयोजनाहरुका सम्वन्धमा सचेनता अपनाइने उल्लेख छ ।
राजनैतिक अस्थिरता र प्रदेश सरकारको छिटछिटो फेरवदलले प्रथम आवधिक योजना कार्यान्वयनमा नकारात्मक असर परेको समेत बैठकमा चर्चा उठाइएको थियो । पहिलो आवधिक योजनाको लक्ष्य अनुसार पचास प्रतिशत भन्दा वढी प्रगति हुन नसकेको समिक्षा भएको थियो । यो वेला कोरोना महामारीले पनि ठूलो असर पुराएको थियो ।
दोश्रो आवधिक योजनाको वृहत छलफल पछि अब प्रदेश सरकारमा स्विकृतिका लागि पेश गरिने खोटाङ जिल्ला समन्वय प्रमुख राई बताउनुहुन्छ ।
खोटाङबाट प्रदेश विकास परिषद बैठकमा जिल्ला समन्वय समिति प्रमुख राई, साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई तथा जन्तेढुंगा गाउँपालिकाअध्यक्ष अरुणादेवी राईको सहभागिता रहेको थाहा भएको छ ।
खोटाङ, ओखलढुंगा र सोलुखुम्वुका जनप्रतिनिधिहरुलाई लोकतन्त्र र सुशासनका विषयमा छलफल गरी राय, सुझाव र परामर्श प्रस्तुत गर्ने भूमिका रहेको साकेला गाउपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।