भदौ ०९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थानमा मानवीय सहयोगका हातहरु फेरि एकचोटी जुर्मुराएका छन् । सो वडाको एउटा टोल हो- अर्जुनेडाँडा । त्यहाँको एक विपन्न र असहाय बृद्धका लागि मानवीयताको उदाहरणीय तस्विरका रुपमा सहयोगी हातहरु मिलेर नयाँ घर निर्माणको काम थालिएको छ । यस अगाडि जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङका युवाशक्तिहरु मिलेर एक असहाय वृद्धका लागि बस्ने व्यवस्थित आवासको निर्माण गरिदिएको समाचार हलेसी एफएम अनलाइनमा प्रकाशित भएको थियो । अहिले जन्तेढुंगाकै यस्तै अर्को समाचार प्रकाशित गर्न लागेका छौँ ।
जन्तेढुङगा १ साविक देविस्थान गाविस) अर्जुनेडाँडामा सानो जीर्ण झुपडीमा अत्यन्त कष्टपूर्ण जीवन बिताउदै आएका बृद्ध धन बहादुर रार्ई (चौतारे)को परिवारका लागि स्थानीयवासीहरु मिलेर आर्थिक सहयोग संकलनबाट उठेको रकम र श्रमदान जुटाएर नयाँ घर निर्माणको काम थालेकोे नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिकाका सभापति बाजिन्द्र बिष्टले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।
उहाँले चौतारेबाको परिवार र वर्तमान अवस्थाका बारेमा सविस्तार बताउँदै भन्नुहुन्छ–‘बाजेको ३ छोरा/४ छोरी मध्ये छोरीहरु सबैको बिहे भर्ईसकेको छ । जेठा छोरा चेतनाको कमिले घरमा नबस्ने बाहिर-बाहिर डुलेर खाने, मार्ईला छोरा सानै छ । कान्छा छोरा ९ बर्षको छ । ऊ पनि कालाजार/कुपोषण लागेको कारण स्कुल जान नसक्ने भएको थियो । हामी छेमिकी हौ, दुःख हेर्न सकेनौ । त्यही भएर केही महिना अगाडि मैले नेपाली कांग्रेसका सांसद डा सुनिल शर्मालार्ई यो कुरा राखेँ । उहाँले सहयोगको बचन दिनुभएपछि धन बहादुर रार्ई(चौतारे)को कान्छा छोरालार्ई उपचारको लागि काठमाण्डौँस्थित केएमसी अस्पताल सिनामंगलमा लगेर निःशुल्क उपचार गराइयो । उनको अहिले स्वास्थ्य अवस्था ठीक छ ।’
उहाँ अझ थप्नुहुन्छ-‘ डा. सुनिल शर्माको पहलमा त्योवेला स्वास्थ्योपचार त निःशुल्क भयो तर औँषधीहरु किन्नुपर्ने भएको कारण हामीले आर्थिक संकलन गर्न सबैलार्ई पहल गरेका थियौँ । देशबिदेशबाट आर्थिक सहयोग संकलन पनि भयो । जम्मा रु १ लाख ६९ हजार आर्थिक सहयोग संकलन भएछ । औँषधी, खाना, खाजा खाएर बाँकी रु ६० हजार बच्यो । उहाँहरुको आवासको समेत दयनीय अवस्था देखेर त्यहीँ रकमबाट सहयागी हातहरु समेत जुटाएर नयाँ आवासको जोहो गरिदिने सोँच बनायौँ । वास्तवमै उहाँ सानो जिर्ण झुपडीमा अत्यन्त कष्टपूर्ण जीवन बिताउदै आइरहनु भएको थियो । हामीले स्थानीयहरुसँग श्रमदान जुटाएर त्यही बचेको आर्थिक श्रोतबाट एउटा सामान्य आवासको परिवन्द गरिदिने संकल्प गर्यौ । त्यसपछि नै धमाधम एक तले घर निर्माण भर्ईरहेकोे छ ।’
एक स्थानीय युवाको कथन छ—‘बृद्ध धनबहादुर रार्ई (चौतारे)को जग्गा जमिन प्रसस्त रहेको छ । तर चेतनाको कमीले गर्दा घरमा कसैले काम गर्दैनन् । बिहान बेलुकी के खाउँ भन्दै दिन बितिरहेको छ । उहाँको छिमेकी हामी युवाहरुले सानो सहयोग गर्न खोजेका हौँ । उहाँको परिवारका सदस्यहरुलाई सकेसम्म आफ्नो नाडी चलाउन पनि सुझाउने गरेका छौँ । गाउँघरमा अर्मपर्म ऐँचो पैँचोका सँस्कार भने हट्दै गैरहेको छ । यसलाई पनि बचाएर चै राख्नै पर्छ ।’
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !