चैत्र २५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १३ जना महिलाहरूको पाठेघर खस्ने समस्याको सफल शल्यकृया भएको छ । गाउँपालिकाको पहलबाट काठमाडौँस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, थापाथलीमा उहाँहरुको पाठेघर सम्बन्धि समस्याको सफल शल्यकृया भएको हो ।
गाउँपालिकाबाट बिरामीको शल्यकृया अगाडि आवश्यक सम्पूर्ण औषधी उपचार, विभिन्न शारीरिक परिक्षण (रगतको जाच, दिशा पिसाव जाँच, (Echo,ECG,X-ray) बिरामी र विरामीको संरक्षकलाई आतेजाते खर्च, खाना तथा बासको व्यवस्था गरिएको थियो भने अस्पतालमार्फत निःशुल्क शल्यकृयाको व्यवस्था गरिएको थियो ।महिलाहरुको पाठेघरको समस्या पहिचान र उहाँहरुलाई उपचारको लागि मानसिक रुपमा तयार गराउन पालिकाले ‘उपाध्यक्षसँग कार्यक्रम’ मार्फत सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
गाउँपालिकाको ‘उपाध्यक्षसँग कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा सरोकारवाला संस्थाहरू र सम्बन्धित व्यक्तिहरूसँग अन्तकृया, दोस्रो चरणमा प्रजनन रुग्णता सम्बन्धि शिविर संचालन,
महिलाहरूको पाठेघरको जाँच, रिङ प्रेसरी राख्ने, शल्यकृया गर्नुपर्ने पाठेघर खस्ने समस्या भएका महिलाहरूको पहिचान गरिसकेपछि तेस्रो चरणमा ( चैत्र ५–२३ सम्म) १३ जनाको सफल शल्यकृया गरिएको पालिका उपाध्यक्ष अरुणा थापा मगरले बताउनुभयो ।
१६ जना बिरामी मध्ये २ जनाको प्रारम्भिक जाँचमा डक्टरको सल्लाह अनुसार औषधि सेवन मार्फत नै उपचार हुने भएकोले शल्यकृया गर्न नपरेको जनाइएको छ भने १ जनाको दीर्घ रोगी भएको कारण शल्यकृया नगरिएको थाहा भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।