मंसिर ३०, २०८१ , Khotang
हलेसीन्युडेस्क, खोटाङ /
खोटाङ जिल्लामा भएको प्रथम खोटाङ क्रिकेट टि-१० प्रतियोगिताको उपाधि खोटेहाङ राइजिङ स्टारले चुमेको छ । मंसिर २९ र ३० गते दिक्तेल माटिकोरे खेलमैदानमा भएको प्रथम खोटाङ क्रिकेट टि-१० प्रतियोगिताको आज फाइनल खेलमा जन्तेढुंगा गाउँपालिकाले टस जिती खोटेहाङ राइजिङ स्टारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । खोटेहाङले ब्याटिङ गर्ने क्रममा ९ प्वाइन्ट ४ ओभरमा अलआउट हुँदै ७४ रनको लक्ष्य खडा गरेको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा जन्तेढुङ्गाले १० ओभरमा ३ विकेट गुमाउँदै ५९ रनमा सिमित भयो ।
खेलका केही झलकहरु


बिजेता खोटेहाङ राइजिङ स्टारले नगद रु .१० हजार पुरस्कारका साथ ट्रफी र मेडल प्राप्त गर्यो भने उपबिजेता जन्तेढुंगा गाउँपालिकाले रु. ५ हजार नगद पुरस्कारका साथ ट्रफी र मेडल प्राप्त गरेको संघका उपाध्यक्ष सुबोध आचार्यले हलेसी एफएमलाई जानकारी गराउनुभयो ।
प्रथम खोटाङ क्रिकेट टि-१० टुर्नामेन्टका लागि ९ खेलाडी टिमले सहभागिता जनाएका थिए ।
खोटाङ जिल्लाको खेलकुदको इतिहासमा पहिलो पटक आयोजना गरिएको क्रिकेट टुर्नामेन्टमा खेलाडीहरुको उत्साहजनक सहभागिताले आयोजकलाई हौसला मिलेको संघका अध्यक्ष रुपन राईले बताउनुभयो ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान