कार्तिक २९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा “भिड व्यवस्थापन तथा दंगा व्यवस्थापन’’ सम्बन्धी संयुक्त डेमोंस्ट्रेशन अभ्यास संचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङ र सशस्त्र प्रहरी बल नेपाल नं.७ हलेसी गुल्म, खोटाङको संयुक्त आयोजनामा सशस्त्र प्रहरी बल कार्यालय परिसर भित्र आज बिहीवार संयुक्त अभ्यास प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रजिअ शिवकुमार कार्की संवोधन गर्नुहुँदै
सो अभ्यासमा जिल्ला प्रहरी कार्यलय खोटाङका प्रमुख प्रतिक बिष्टको कमाण्ड तथा सशस्त्र प्रहरी बल नेपाल नं.७ हलेसी गुल्म, खोटाङका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक दिपेन्द्र थापाको कमाण्डमा ६५ जना प्रहरी कर्मचारीका संयुक्त टोलीले “भिड व्यवस्थापनमा प्रयोग हुने बिभिन्न सरचनाहरु र भिड ब्यवस्थापनमा बल प्रयोगका चरणहरुको प्रदर्शन गरेको हो ।
सामान्य घटनाहरु कुनै अवस्थामा असामान्य बनी शान्ति सुव्यवस्थामा नै चुनौती उत्पन्न हुन सक्ने तथा अर्को अप्रिय घटना भइ जनजीवन नै अस्तव्यस्त हुन सक्ने हुँदा त्यसलाई समयमा नै शुक्ष्म निगरानी राखी सुरक्षा सतर्कता अपनाउने र शान्ति सुव्यवस्था कायम गर्न गरिने बल प्रयोगका चरणहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न यो एउटा काल्पनिक घटनालाई आधार मानेर सञ्चालन गरिएको प्रहरी श्रोतले बताएको छ ।
डेमोस्ट्रेसन तालिम गर्दा शान्ति सुरक्षा कायममा महत्वपूर्ण भूमिका खेल्ने तथा दुई सुरक्षा निकायहरुबीच पारस्पारिक सम्बन्ध स्थापित भइ संयुक्त रुपमा परिचालन हुनुपर्दा कार्यगत एकता कायम र सहकार्य हुनेछ भने यस अभ्यासले आगामी दिनमा खोटाङ जिल्लामा शान्ति सुरक्षा कायममा सहज हुने प्रमुख प्रहरी नायव उपरिक्षक बिष्टले बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बिभिन्न मातहतका प्रहरी कर्मचारीहरु, सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
डेमोन्स्ट्रेसनका केही झलकहरु
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।