कार्तिक २०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खुल्ला महिला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । हलेसी तुवाचुङ नगरपालिका दुर्छिम, खोटाङको आयोजनामा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा “मेरो गोल, लैगिक हिंसा विरुद्दको बोल’’ भन्ने मूल नाराका साथ खुल्ला महिला फुटबल प्रतियोगिता आगामी मंसिर ८ देखि १० गते सम्म संचालन गरिने हलेसी तुवाचुङ नगरपालिका वडा नः ७ वडा अध्यक्ष तथा नगरपालिका प्रबक्ता कमल गिरीले हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ ।
फुटबल प्रतियोगिता खेल (7A Side) को हुनेछ भने २ जना अतिरिक्त खेलाडी १ जना टिम कोच र १ जना व्यवस्थापक गरि जम्मा ११ जना हुनु पर्नेछ । खेलमा सहभागि भए पश्चात बहिस्कार गर्न पाईने छैन, यदी कसैले बहिस्कार गरे रु.५ हजारका साथ थप आवश्यक कार्बाही गरिने आयोजकले जानकारी दिएको छ। यस्तै सहभागी खेलाडीले खाना तथा बासको व्यवस्था आफैले मिलाउनु पर्ने,यदि खेलाडीहरुलाई चोटपटक लागेमा स्वयं जिम्मेवारी हुनुपर्ने भनिएको छ ।
लैगिक हिंसा विरुद्धको १६दिने अभियानको अवसरमा “मेरो गोल, लैगिक हिंसा विरुद्दको बोल’’
खेल पोसाक, सक्स र सिन प्याड अनिवार्य लगाउनु पर्ने, खेलमा कुनै विवाद आएमा रेफ्रि वा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने, खेलाडीको नाम दर्ता भईसकेपछि थपघट र फेर्न नपाईने, साथै टिम दर्ता गर्दा अनिवार्य रुपमा परिचय खुल्ने कागजात पेश गर्नु पर्ने, खेल सुरु हुनु भन्दा १ घन्टा अगाडि फोर्थ अफिसियल संग Plyaing list भरि बुझाई सक्नु पर्ने जनाइएकोछ ।
खेलमा रु.२ हजार डिपोजिट गर्नुपर्ने । जसबाट यल्लो कार्डको रु. २५० र रेड कार्डको रु.५०० लाग्ने हलेसी तुवाचुङ नगरपालिकाले कार्तिक १४ गते प्रकासित गरेको सूचनामा भनिएको छ ।
कुनै पनि खेलाडीले लगातार २ गोलमा यल्लो कार्ड पाएको खण्डमा तेस्रो खेलमा बञ्चित हुनेछ भने सिधै रेड कार्ड पाएमा दोस्रो खेलमा बञ्चित हुने पनि सूचनामा भनिएको छ । सगैँ खेलमा दावा बिरोध गर्न परेमा खेल सकिएको १ पन्टा भित्र रु. पाच हजार सहित उजुरी गर्नु पर्ने छ भने उजुरी परेको टिमले ५ घण्टा भित्र के विषयमा उजुरी परेको हो सो को विवरण पेस गरिसक्नु पर्नेछ । दावा बिरोध साचो ठहरे ६० प्रतिशत रकम फिर्ता हुने छ भने गलत ठहरिएमा कुनै पनि रकम फिर्ता नहुने आयोजकले बताएको छ ।
खेलमा सहभागी हुन चहने खेलाडीहरुले एक हजार पाँचसय पाँच रुपैयाँ दर्ता शुल्क बुझाएर टिम दर्ता गराउन सक्नेछन । इच्छुक खेलाडीहरुले टिम वर्ता २०८१ साल मंसिर ६ गते बेलुकी ५ः०० बजे सम्म गरि सक्नु पर्ने छ । खेल तालिका टाइसिट २०८१ मंसिर ७ गते सार्वजनिक गरिने भएको छ ।
खुल्ला महिला फुटबल प्रतियोगिताका प्रथम, द्धितीय, तृतिय र सेमि फाइनललिष्ट हुने बिजेताहरुलार्ई क्रमश १ लाख ११ हजार १ सय ११, रु ५५ हजार ५ सय ५५ तृतिय र सेमि फाइनललिष्टलार्ई २२ हजार २ सय २२ यस्तै २२ हजार २ सय २२ साथमा आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
खेलमा उत्कृष्ट बेष्ट कोच, बेष्ट किपर, हाई स्कोर, बेष्ट मिट प्लेयर, बेष्ट प्लेयर खेलाडीहरुलार्ई रु १ हजार १ सय एघारका दरले जनही नगद पुरस्कार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्नदान गरिनेछ ।
खेल हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ महादेवस्थान स्थित बसाहाथान खेलमैदानमा सञ्चालन गरिने भएको छ ।
थप जानकारीका लागि
सम्पर्क व्यक्तिहरु नगर प्रवक्ता श्री कमल गिरी– ९८६२८१३५९०
र, खेलकुद प्रशिक्षक श्री मिलन कसजु ९८६२२६७६४६
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !