जेठ २६, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले करिव ४ महिनापछि मुलुकमै पहिलोपटक राष्ट्रिय बाँस सम्मेलनको आयोजना गर्ने नगरप्रमुख तीर्थराज भट्टराईले हलेसी एफएमलाई बताउनुभएको छ । नगरप्रमुख भट्टराईका अनुसार आगामी कार्तिक २ देखि ४ गतेसम्म जिल्लाको सदरमुकाम दिक्तेलबजारमा बाँसलाई जीवन उपयोगी बनाउँदै पर्यावरण संरक्षण, स्थानीय स्तरदेखि नै बाँसको उत्पादन, विकास र रोजगारि सिर्जना गर्ने राष्ट्रव्यापि सन्देश प्रवाह गर्ने उद्देश्यले राष्ट्रिय स्तरमै पहिलोपटक बाँसको सम्मेलन गर्न लागिएको हो ।
नेपालका प्रायः सवै क्षेत्रमा बाँस पाइन्छ । कृषि, घरेलु सामाग्री तथा सांस्कृतिक रुपमा पनि बाँसको उपयोग नेपाली समाजमा प्राचिन समयदेखि हुँदै आएको छ । तरकारी र अचारका रुपमा खानदेखि मानिसको खेतिपाति र आवास समेतको आवश्यकता परिपूर्ति गर्न वाँसले साथ दिइरहेको हुन्छ । बहुउपयोगी बाँसलाई अझ बैज्ञानिक र व्यवसायिक ढंगले समाजको आर्थिक रुपान्तरणमा जोड्दै र प्रकृतिको पर्यावरणीय सन्तुलनमा समेत यसको वृहत्तर उपयोगिता र महत्वलाई उजागर गर्ने उद्देश्यले राष्ट्रिय बाँस सम्मेलनको आयोजना गर्न लागिएको बताइन्छ ।
राष्ट्रिय बाँस सम्मेलनमा बाँसको क्षेत्रमा शोधकर्ता, अनुसन्धानकर्ता, बाँस व्यवसायी, कृषक तथा बाँसको उध्यमसँग जोडिएका व्यक्तिहरु सहभागी रहने तथा सम्मेलनमा बाँसका विभिन्न प्रजातिहरुको जानकारी, वृक्षारोपण तथा बाँसका सामाग्रीहरुको प्रदर्शनी समेत गरिनेछ । बाँस सम्मेलन तयारी समितिका संयोजक पूर्वमन्त्री गणेश शाहले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ/संस्थाका प्रतिनिधिहरु र सरोकारवालाहरुलाई सहभागिताको लागि भूमिका निर्वाह गर्नुहुने जनाइएको छ ।
आगामी कार्तिक २, ३ र ४ गते हुने राष्ट्रिय बाँस सम्मेलनको तयारीका विषयमा जेठ २६ गते शनिवार काठमाण्डौको मध्यवानेश्वरमा अन्तरकृया कार्यक्रमको समेत आयोजना गरिएको नगरप्रमुख भट्टराई बताउनुहुन्छ । कार्यक्रममा सहभागी वक्ताहरुद्धारा बर्तमानमा बाँसको महत्व, उपयोगिता र यसको प्रवद्धनमा सरकारले खेल्नु पर्ने भुमिकाको बिषयमा समेत व्यापक चर्चा गरिएको थियो । बिहान ८ बजे देखि ११ः३० सम्म भएको भेलामा लामो समयदेखि बाँसको क्षेत्रमा अध्ययन तथा अनुसन्धानमा संलग्न अध्येताहरुको समेत सहभागिता रहेको कार्यक्रम संयोजक एवं राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
अन्तकृया कार्यक्रममा पूर्व मन्त्री डा.कल्याणी शाह, पूर्वमन्त्री गणेश शाह, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, काठमाडौं विश्वविद्यालयको बाँस विज्ञ डा.विष्णुमाया के.सी, काठमाडौं वन विज्ञान क्याम्पसका उपप्राध्यापक डा.हिमलाल श्रेष्ठ, बाँस व्यवसायी प्रणव श्रेष्ठ, बाँस अनुसन्धान विज्ञ सन्तोष दाहाल, उद्यमी सुनिता म्हेम्हाफुकी, समाजसेवी डा.चिरञ्जिवी भट्टराई, नवकिरण उर्जाका राष्ट्रिय अध्यक्ष गुणराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय बाँस सम्मेलनको लागि आयोजक कमिटिको सदस्य सचिवको रुपमा रामहरि गिरीलाई जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।