श्रावण १२, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको साकेला गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई चार दिने महिला नेतृत्व सम्बन्धि तालिम प्रदान गरिएको छ । शी लिड्स(महिला नेतृत्व परियोजना )अन्तर्गत CDWN को आयोजनामा स्थानीय तहको निर्वाचनबाट निर्वाचित महिला जनप्रतिनिधिहरुको तेश्रो चरणको चार दिने आवाशिय तालिम दुर्गाजयन्ति राईको अध्यक्षतामा साकेला गाउँपालिकाका प्रमुख रवि प्रकाश राईको प्रमुख अतिथ्यता तथा उपाध्यक्ष बिर्सिका राईको विशेष अतिथ्यतामा बिहीबार सम्पन्न भएको हो ।
तालिमको समापन समारोहमा बोल्नुहुँदै गाउँपालिका प्रमुख रवि प्रकाश राईले ुुशि(लिड्स महिला नेतृत्वुु परियोजनाले प्रदान गर्ने यस प्रकारको तालिमले महिला जनप्रतिनिधिहरुको राजनैतिक व्यवहार र कार्यशैलीमा परिवर्तन आएको बताउनुभयो । उहाँले तालिमसँगै महिला जनप्रतिनिधिहरुले राजनैतिक र कार्यशैलीमा उत्कृष्टता हाँसिल गरेकोप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
यस तालिम पश्चात महिला जनप्रतिनिधिको हैंसियतले स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि आफूलाई चाहिने सीप र ज्ञानको वृद्धि भएको छ अध्यक्ष राईले भन्नुभयो( तालिमले महिला जनप्रतिनिधिहरुको आत्मविश्वास बढ्नुका साथै नेतृत्व सीपको समेत विकास भएको छ ।
खोटाङको साकेला गाउँपालिका सँगै हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावावेशी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकामा यो परियोजना सञ्चालित छ ।
तालिमको सहजीकरण परियोजनाको तर्फबाट दुर्गाजयन्ति राई र लक्ष्मी कुमार राईले गर्नुभएको थियो । तालिममा संयोजक इन्दुकला राई र फिल्ड मोविलाईजर विकास सुनारको समेत उपस्थित रहेको थियो । सबै स्थानीय तहमा प्रारम्भीक प्रशिक्षणको तेश्रो चरणको तालिम सम्पन्न भईसकेपश्चात मध्यावर्ती तालिम प्रदान गर्ने परियोजनाले जनाएको छ ।
स्वीस सरकार विकास सहयोग एसडिसी र अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएफको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिमबाट लैङ्गिक समानता प्रवर्द्धन गर्न तथा आफ्नो समुदायका अन्य बालिका र महिलाहरुका लागि प्रेरणा श्रोतको रुपमा कार्य गर्न प्रोत्साहित गर्न, लैङ्गिक समानतालाई संरक्षण गर्नका लागि सहभागिहरुका समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न,स्थानीय तहमा निर्वाचित महिलाहरुले एक आपसमा अनुभव आदन प्रदान र सहयोग गर्नका लागि सञ्जाल निर्माण गर्न हरेक प्रशिक्षणबाट महिला जनप्रतिनिधिहरुको नेतृत्व सीपको विकास गर्ने अपेक्षा गरिएको छ । उक्त तालिम पश्चात राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्मविश्वास बढ्ने अपेक्षा आयोजकको छ ।
प्रारम्भीक प्रशिक्षणको मोड्युल १ मा महिला नेतृत्वको परिचय, आत्मविश्वासको अभिवृद्धि, स्थानीय सरकारको काम कर्तव्य र अधिकार, राजनीतिक तथा निर्णय प्रकृयामा महिला सहभागिताको महत्व, नियमन कार्य, लैङ्गिक समानता र सरोकारवालाहरुसँगको सहकार्य लगायतको विषयमा सहजीकरण गरिएको थियो भने मोड्युल २ मा समूहकार्य, सक्रिय सुनाई, स्थानीय सरकारको योजना तर्जुमा, कार्यान्वयन र अनुगमन प्रकृया, स्थानीय सरकारको बजेट तर्जुमा प्रकृया, सञ्जालिकरण, वार्ता, वैठकको आयोजना तथा व्यवस्थापन लगायतको विषयमा सहजीकरण गरिएको छ ।
त्यस्तै मोड्युल ३ मा शक्तिको परिचय र मापन, स्थानीय तहको विधायिकी कार्यप्रणाली, तथ्याङ्क संकलन, अद्यावधिक तथा व्यस्थापन, सञ्चार माध्यमसँगको सहकार्य, विकास, दुष्प्रचार र द्धेशपूर्ण अभिव्यक्तिको परिचय र निराकरणका उपायबारे सहजिकरण गरिएको थियो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।