जेठ २८, २०८० , HalesiTuwachung
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको हलेसीतुवाचुङ नगरपालिका पूर्णखोप सुनिश्चितता भएको नगरपालिका घोषणा भएको छ । नगरपालिकाभित्रका १६ महिना देखि ५ बर्ष उमेर समूहका बालबालिकाले लगाउनुपर्ने सबै प्रकारका (१३ किसिमका) खोप लगाएको सुनिश्चित भएसँगै शनिवार औपचारिक कार्यक्रमका वीच हलेसीतुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।
नगरपालिका परिसरमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं पूर्ण खोप समन्वय समिति संयोजक सनबहादुर राई, नगरप्रमुख विमला राई, उपप्रमुख रमेश कुमार राउत , प्रमुख प्रशासकीय अधिकृत कैलासबहादुर ठकुराठी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पूण्यप्रसाद सिग्देल, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरे लगायतले पूर्णखोप सुनिश्चितता घोषणा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेसँगै यो नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको थियो ।
हलेसीतुवाचुङ नगरपालिकाले पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेसँगै खोटाङमा सातौँ पालिकाहरु पूर्णखोप सुनिश्चितता घोषित पालिका भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस अघि साकेला गाउँपालिका, बाराहापोखरी गाउँपालिका, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका, रावावेशी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिकाहरु पूर्ण खोप सुनिश्चितता पालिकाका रुपमा घोषित भै सकेका छन् ।
अब दिप्रुङचुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्न बाँकी रहेको स्वास्थ्य कार्यालय श्रोतले जनाएको छ । दिप्रङचुइचुम्मा गाउँपालिकाका सबै वडाहरुमा पूर्ण खोप सुनिश्चितता घोषणा भैसकेको र गाउँपालिकालाई पूर्णखोप सुनिश्चिचता घोषणाका लागि पूर्ण खोप समन्वय समितिलाई अनुरोध गरिसकिएको पालिका स्वास्थ्य शाखाका मुस्ताक अहमद मंसुरीले हलेसी एफएमलाई जानकारी दिनुभयो । त्यस्तै खोटेहाङ गाउँपालिकाले पनि पूर्ण खोप सुनिश्चितता घोषणाका लागि तयारी गरिसकिएको पालिका श्रोतले जनाएको छ ।
जन्तेढङ्गा गाउँपालिकामा २ जना वच्चाहरुलाई खोप लगाउन बाँकी रहेको थाहा भएको छ । वडा नं. ४ डमर्खु शिवालयका दुई जना वच्चाहरुलाई खोप लगाउन अभिभावकहरु तयार नभएको कारण ती वच्चाहरु खोप लगाउनबाट वञ्चित रहेको जनाइएको छ । तर पालिकाका जनप्रतिनिधिहरु र स्वास्थ्य कार्यालयबाट अनुगमनमा खटिएका स्वास्थ्यकर्मीहरुको सुझाव र सल्लाह पाए पछि अभिभावकहरु सकारात्मक बन्दै गएको हुँदा चाँडै ती बच्चाहरुलाई खोप लगाई पूर्ण खोप सुनिश्चितता घोषणाका तयारी गर्ने पालिका उपाध्यक्ष खेमबहादुर खड्काले हलेसी एफएमलाई बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख ६, आइतवार / खोटाङको साकेला गाउँपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र ३०, सोमवार / खोटाङको जन्तेढुंगा गाउँपालिकाले...
यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह हलेसीन्युजडेस्क, खोटाङ । चैत्र...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र २८, शनिवार / राष्ट्रिय स्वतन्त्र पार्टी...
वैशाख २ देखि असार ७ सम्म जिल्लाभर तथ्याङ्क संकलन हलेसीन्युजडेस्क,...
हलेसीन्युजडेस्क,खोटाङ । चैत्र २१, शनिवार / खोटाङको दिक्तेल बजारमा सञ्चालन...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान