जेठ १४, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा जिल्लाको सदरकमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रम सँस्कृतिको अभ्यास शुरु गरेको छ । हरेक काममा सरकारको मुख ताक्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै आफ्नो काम आफैँ गर्ने बानीको विकास लाई सँस्कृतिको रुपमा स्थापित गर्न यस नगरपालिकाले जिल्लास्थित विभिन्न संघ संस्थासँगको सहकार्यमा श्रम सँस्कृतिको अभ्यास शुरु गरेको हो ।
जेष्ठ १३ गते शनिवार विहान करिव ७ वजे हुँदो हो, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नंं २ सोल्माको डाँडागाउँमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन रार्ई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका वडाध्यक्ष ध्रुवबिक्रम रार्ई, कार्यपालिका सदस्य मिना कार्की, यातायात व्याबसाय महासघंका महासचिब राम हिङमाङ लगायत बिभिन्न संघसंस्थाका अगुवा व्यक्तित्वहरु, स्थानीयवासीहरु लगभग ५३ जना उत्साहित मुद्रामा उपस्थित छन् । सबैको हातमा कुटो कोदोलो वेल्चा, झम्पल हुन्छ । यो उत्साही समूहले खार्मी पाथेका जाने ग्रामिण सडकको मर्मत सम्भारमा पहिलो सिफ्ट मध्यान्ह १२ वजेसम्म र दोश्रो सिफ्ट वेलुकी ७ वजेसम्म श्रमदान गर्छन । पसिना बगाउँछन् । दिनभरी १०० भन्दा वढी जनशक्तिबाट श्रमदान उपलव्ध भएको नगरप्रमुख भट्टराई भन्नुहुन्छ । उहाँ थप्नुहुन्छ -‘‘ समुदायमा श्रमसँस्कृतिप्रति चेतना जागेको पाइयो । ’’
पहिलो चरणको यो श्रम-अभियान एक हप्ता सम्म निरन्तर जारी राखिने बताइएको छ ।
जिल्लाको उत्तरी क्षेत्र जोड्ने उक्त सडकखण्डमा सडकमाथिबाट झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने, झाडी सफा गर्ने लगायतका काम गरिएको छ । पहिलो दिनको श्रमदानमा चारवटा ट्याक्टर र एउटा जेसिबी प्रयोग गरेर खाल्डाखुल्डी पुरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । नगरपालिकाको जेसीबी र व्यवसायीको ट्याक्टरमार्फत ल्याइएको रोडा श्रमदानमा सहभागीले गैँती, बेल्चा र कोदालो प्रयोग गरेर खाल्डाखुल्डी पुर्ने गरेका छन् ।
१५ वडा रहेको यस नगरपालिकाले जिल्लास्थित विभिन्न संघ संस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिक रुपमा श्रमदान अभियान शुरु गरेको हो । नगरपालिकाले शुरु गरेको श्रमदान अभियानमा वडा समिति, उद्योग वाणिज्य संघ, खोटाङ यातायात प्रा.लि. खोटाङ, ट्याक्टर तथा ट्रिफर व्यवसायी संघ, टोल विकास समिति, स्थानीय वासिन्दा लगायतको सहभागिता रहेको छ । ट्रयाक्टर तथा ट्रिपर व्यवसायी संघमा आवद्ध एकजना व्यवसायीले कम्तिमा ४० हजार बराबरको श्रमदान उपलब्ध गराउने गरी अभियानमा सहभागी भएका छन् ।
यसरी श्रमदान वापत पसिना बगाएर आफ्नो गाउँटोलमा निर्माण गरिएका सडक, खानेपानी तथा भौतिक पूर्वाधार निर्माणको कामले समुदायलाई थप जिम्मेवार र उत्तरदायी बनाउने विश्वास गर्नुहुन्छ नगरप्रमुख तीर्थराज भट्टराई । नगरपालिकाले थालेको श्रमदान अभियानमा दिक्तेल बहुमुखी क्याम्पस लगायत जिल्लाका अन्य शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु समेत सहभागी हुने नगरप्रमुख भट्टराई बताउनुहुन्छ । जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायलाई समेत श्रमदान अभियानमा सहभागी गराइने नगरपालिकाले जनाएको छ ।
यसरी जिम्मेवार संघ संस्था र अगुवा व्यक्तित्वबाट शुरु गरेर सर्वसाधारण समेतलाई श्रमदान अभियानमा सरिक गराउदै समाजमा श्रमसँस्कृतिको जग बसाल्न सकिने नगरप्रमुख भट्टराईको कथन छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।