बैशाख ३१, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोप महिनाका रुपमा बैशाख १५ र ३१ गते नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका वाल वालिकाहरुलाई खोपका लागि आह्वान गरिएको छ । देशका कुनै पनि वालवालिकाहरु अकालमा मृत्युको शिकार बन्न नपरोस भनेर सरकारी स्वास्थ खोप केन्द्रहरु मार्फत पाँच वर्ष उमेरभित्रका वालवालिकाहरुलाई विभिन्न डोजका रोग प्रतिरोधात्मक खोपहरु दिलाइने गरिन्छ ।
खोटाङमा भने नियमित खोप लगाउन छुटेका वालवालिकाहरु अत्यन्त न्युन रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पूण्यप्रसाद सिग्देल बताउनुहुन्छ । खोटाङका जम्मा २४० खोपकेन्द्रहरु मार्फत २ वर्षभित्रका वालवालिकाहरुलाई हरेक महिनाको १०, ११ , १२ गते ७ पालिकाहरुमा र २०,२१, २२ गते अन्य तीन पालिकाहरुमा नियमित दिइने विभिन्न प्रकारका खोपहरु दिदै आइरहेको हुँदा बैशाख १५ र ३१ गते आह्वान गरिएको मितिमा पाँचवर्ष मूनिका शून्य डोजका सरदर ३० देखि ४० वालवालिकाहरु मात्र हुन सक्ने प्रमुख सिग्देलको भनाई छ ।
हरेक महिनाको १०, ११ र १२ गते दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका, हलेसीतुवाचुङ नगरपालिका, ऐसेलुखर्क, रावावेशी, केपिलास, , साकेला र दिप्रुङचुइचुम्मा गाउँ पालिकाहरुमा नियमित खोप उपलव्ध गराइन्छ भने महिनाको २०, २१, २२ गते खोटेहाङ, जन्तेढुङ्गा र वाराहापोखरी गाउँपालिकाहरुमा नियमित खोपहरु दिइने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !