जेठ २१, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकालार्ई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । १५ महिनादेखि ५९ महिना मुनिका नगरपालिकाभित्रका सबै वालवालिकाहरुले पूर्णखोप लगाएको र ० देखि १५ महिना सम्मका वालवालिकाहरुले खोप लगाईराखेको सुनिश्चित भएसँगै आज (जेष्ठ २१) सोमवार नगरपालिकालाई आर्थिक वर्ष २०८०/०८१ को लागि पूर्णखोप सुनिश्चतता नगरपालिका घोषणा गरिएको हो ।
‘स्थानीय स्वामित्व र सहभागिता, पुर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराकासाथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको सभापतित्व तथा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा नगरपालिकाको सभाहलमा भएको घोषणा कार्यक्रममा नगरप्रमुख भट्टराई प्रमुख अतिथि राई, जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाई लगायत जनप्रतिनिधि, नगर भित्रका १५ वटै वडाका स्वास्थ्यकर्मी र उपस्थित अतिथि एवं सहभागीहरुले नगरपालिकालाई पूर्णखोप सुनिश्चितताको दिगोपनाका लागि तन, मन र वचनले प्रतिबद्ध रहेको भन्दै प्रतिबद्धता–पत्रमा सामूहिक हस्ताक्षर गरेसँगै औपचारिक रुपमा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको जनाइएको छ ।
स्वास्थ्य शाखा प्रमुख चौलागाईका अनुसार पूर्णखोप सुनिश्चितता निर्देशिका बमोजिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका १५ महिनादेखि ५९ महिना मुनिका सबै वालवालिकाले पूर्णखोप लगाएको र ० देखि १५ महिना सम्मका वालवालिकाहरुले खोप लगाईराखेको सुनिश्चित भएसँगै नगरलाई आर्थिक वर्ष २०८०÷०८१ को लागि पूर्णखोप सुनिश्चतता नगरपालिका घोषणा गरिएको हो ।
नगर खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको अनुगमनपछि जिल्ला खोप समन्वय समितिले पूर्णखोप सुनिश्चितता घोषणाका लागि दिएको अनुमतिका आधारमा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख चौलागार्ई बताउनु हुन्छ ।
वालवालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफलाइटिस लगायतका १३ प्रकारका रोग विरुद्धको खोपको मात्रा पूर्णरुपमा लगाएको आधारमा नगरपालिका पूर्णखोप सुनिश्चितता नगरपालिका बनेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका १५ वटै वडामा ४५ वटा खोप केन्द्रहरु मार्फत नियमित खोप सेवा प्रदान गरिदै आएको छ भने खोप अभियानमा थप खोप केन्द्रहरुको समेत प्रयोग गरि खोप सेवा प्रदान गरिदै आएको बताइन्छ । चालू आर्थिक बर्षमा सञ्चालन भएको दादुरा रुवेला खोप अभियानमा ५ बर्ष मुनिका ९५ प्रतिशत वालवालिकाहरुलार्ई दादुरा रुवेलाको खोप प्रदान गरिएको थियो भने भर्खरै मात्र सम्पन्न भएको आर्ईपिभि खोप अभियानमा समेत ९५ प्रतिशत प्रगति भएको जनाइएको छ । २०७४ साल जेष्ठ १४ गते नगरपलिकालार्ई पूर्णखोप घोषणा गरिए पश्चात सोही बर्ष देखि हरेक बर्ष निश्चित मापदण्ड पुरा भएको आधारमा पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गरिदै आएको नगरप्रमुख भट्टरार्ईले बताउनु भयो ।
घोषणा कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, अन्य अतिथिहरुमा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का, सशस्त्र प्रहरी बल ७ नं. गुल्म हलेसीका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णबहादुर बम, राष्ट्रिय अनुसन्धान अधिकृत नित्यानन्द ढंगाना, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राई, १५ वटै वडाका वडाध्यक्षहरु, खोटाङ उध्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, नेपाल रेडक्रस सोसार्ईटीका पदाधिकारीहरु, गैरसरकारी सस्थाका पदाधिकारीहरु, नगर कार्य पालिकाका सदस्यहरु, महिला स्वास्थ्य स्वयं सेविकाहरु, आमा समूह लगायत विभिन्न शिक्षक संस्थाका प्रअ र गुरुजनहरु एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
[ यो पनि-रावावेशी गाउपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा }
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।