पौष १०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङमा अन्तरवडास्तरीय फुटबल प्रतियोगिता–२०८१ आयोजना गरिने भएको छ । नगरपालिकाको वडा नं. ५ लफ्याङको मुख्य आयोजना तथा नमूना स्पोर्टस क्लबको सहआयोजनामा मझुवागढी कालिका भगवती दोस्रो खुल्ला 11 A Side अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता आगामी पौष २० गतेदेखि संचालन गरिने वडाध्यक्ष दिनेशकुमार घिमिरेले हलेसी एफएमलाइ जानकारी दिनुभएको छ ।
खेल खोटाङ जिल्ला फुटबल संघको नियम अनुसार जम्मा १६ टिमले मात्र सहभागी हुन पाउने छन् ।
फुटबल प्रतियोगिता खेल 11 A side को हुनेछ भने ३ जना अतिरिक्त खेलाडी, १ जना टिम कोच, ११ जना व्यवस्थापक गरी जम्मा १८ जना हुनु पर्ने आयोजकले सूचित गराएको छ ।
खेलमा खोटाङ जिल्ला भित्रका ४ जना र जिल्ला बाहिरको ३ जना गरी जम्मा ७ जना खेलाडीहरुलाई वडाभन्दा बाहिरको सहभागी हुन पाइने भएको छ । साथै वडा भित्रका ४ जना खेलाडी प्लेईङ लिस्ट भित्र अनिवार्य हुनुपर्नेछ । साथै वडा कार्यालय मार्फत खेलाडिहरुको नाम सहितको सिफारिस अनिवार्य खेलमा हुनु पर्ने व्यव्स्था गरिएको छ ।
यस्तै खेलाडीको सक्कल नागरिक्ता वा परिचय पत्रको साथमा २ प्रति पासपोर्ट साईजको फोटो अनिवार्य उपलब्ध गराउनु भनिएको छ । फर्जी खेलाडी भएको ठहर भएमा सो टिमलाई रु.२० हजार जरिवाना र ३ वर्षसम्म फुटबल संघ समक्ष जिल्ला भरी प्रतिबन्द गर्नको लागि माग गरिने भएको छ ।
आयोजकका अनुसार एन्फा ए डिभिजन खेल खेलेका खेलाडीहरु खेलमा सहभागी हुन पाउने छैनन् ।
प्राथमिक उपचार बाहेक खेलाडी कुनै कारणवस घाइते भएमा वा चोटपटक लागेमा आफै जिम्मेवारी हुनु पर्ने भनिएकोछ । तर खेल खेलेको अवधि भर कुनै किसिमको गम्भिर चोट पटक लागेमा भने प्रति खेलाडीलाई रु १ लाखसम्मको वीमाको व्यवस्था गरिएको जनाइएको छ ।
कुनै पनि खेलाडीले लगातार २ खेलमा यल्लो कार्ड पाएको खण्डमा तेस्रो खेलमा सहभागी हुनबाट बन्चित हुनेछ भने सिधै रेड कार्ड पाएमा दोस्रो खेलमा बन्चित गरिने भएको छ । खेलमा सहभागी भए पश्चात बहिष्कार गर्न पाईने छैन । यदी कसैले बहिष्कार गरेमा रु २० हजार र थप आवश्यक कार्वाही गरिने बताईन्छ ।
सहभागी खेलाडीले खान तथा बस्नको लागि आफैले व्यवस्थापन गर्नुपर्ने आयोजकले जनाउ दिएको छ ।
खेलाडीहरुले खेल पोशाक र सिम प्याड अनिवार्य लगाउनु पर्ने भनिएको छ । साथै खेलाडीले जर्सीं नम्बर परिवर्तन गर्न नपाईने बताइन्छ । खेलमा कुनै विवाद आएमा रेफ्री, आयोजक र जिल्ला फुटबल संघको प्रतिनिधि बाट गरिएको निर्णय नै अन्तिम हुने भनिएको छ ।
खेलाडीको नाम दर्ता भई सके पछि थप घट र फेर्न नपाईने सूचित गरिएको छ । खेल सुरु हुनु भन्दा १ घन्टा अगाडि फोर्थ अफिसियलसँग प्लेइङ लिस्ट भरी बुझाई सक्नु पर्नेछ । नाम दर्तासँगै खेल सहभागिताका लागि रु.३ हजार डिपोजिट गर्नु पर्नेछ । एल्लो कार्डको रु ५ सय र रेर्डकार्डको रु. १ हजार लाग्ने छ ।
खेलमा दावा बिरोध गर्न परेमा खेल सकिएको १ घन्टा भित्र रु १० हजार शुल्क सहित उजुरी गर्नु पर्ने जनाइएको छ भने उजुरी परेको टिमले २ घण्टा भित्र के विषयमा उजुरी परेको हो सो को विवरण पेस गरिसक्नु पर्ने भनिएकोछ । दावा विरोध साँचो ठहरे ६० प्रतिशत रकम फिर्ता हुने तर गलत ठहरिएमा कुनै पनि रकम फिर्ता नहुने जनाउ दिइएको छ ।
खेल संचालन भए पश्चात कुनै विवाद वा प्रतिकुल मौसमको कारण खेल स्थगन भएमा बाँकी रहेको समयको मात्र खेल संचालन गरिने स्पष्ट गरिएकोछ ।
फुटबल प्रतियोगिताका प्रथम हुने बिजेतालार्ई क्रमशः रु.१ लाख ५१ हजार १ सय ११ र द्धितीय हुने खेलाडी टिमलाई रु. १ लाख १ हजार १११ रुपैयाँका साथमा आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै सेमि फाइनलिष्ट हुने दुईजनालार्ई जनही रु.३५ हजार ५ सय ५५ का दरले नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने घोषणा गरिएको छ ।
खेलमा उत्कृष्ट बेष्ट प्लेयर, बेष्ट डिफेण्डर, बेष्टमिड प्लेयर, हाइ स्कोर, बेष्ट किपर र अनुशासित टिमलाई जनही रु ५/५ हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उक्त खेलमा १ जना पत्रकारलाई उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार वापत रु ५ हजार ५ सय ५५ रुपैयाका साथमा सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।
आयोजकले फुटवल खेलमा सहभागी हुने खेलाडीहरुले रु ५ हजार ५ सय दर्ता शुल्क बुझाएर टिम दर्ता गराउन सक्ने जानकारी गराएको छ । इच्छुक खेलाडीहरुले टिम दर्ता आगामी पौष १५ गते बेलुकी ५ः०० बजे सम्म गरि सक्नु पर्ने भनिएको छ ।
टिम दर्ता शुल्क राष्ट्रिय वाणिज्य बैकको खाता नं.२०६०१००००७२७८००१ वा QR मार्फत पनि जम्मा गर्न सकिनेछ ।
खेल तालिका आगामी पौष १६ गते बेलुकी ३ बजे सार्वजनिक गरिने जनाइएकोछ ।
मझुवागढी कालिका भगवती दोस्रो खुल्ला 11 ASide अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लाफ्याङ स्थित दुबे खेल मैदानमा भव्यताका साथ सञ्चालन गरिने आयोजकले जनाएको छ ।
थप जानकारीका लागि
दिनेशकुमार घिमिरे मो.नं.--९८४२८९६५४५
निर्मल राई मो.नं.--९८६१४५२५७०,
राजेन्द्र राई मो.नं.--९८५२८४९२१४
काजिमान राई मो.नं. --९८४२८७७१६३
संजिव राई मो.नं.--९८५२८४९१६७
हिरन राई मो.नं.--९८४९१०८४३७
टिकाराम श्रेष्ठ मो.नं.--९८४२९७४०००
राजनप्रसाद दुलाल मो.नं.--९८४२८९६६३६
दिपेन्द्र राई मो.नं.--९८४८४४५९८०
जितेन्द्र राई मो.नं.-- ९८०७७२९३५०
मोहन राई मो.नं.--९७६७९९५४४५
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !