बैशाख १३, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ८ धितुङमा १४ विपन्न परिवारहरुलाई वडाको तर्फबाट घर छाउन जस्तापाता उपलव्ध गराइएको समाचार प्राप्त भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ मा छुट्टयाइएको रु ७ लाख वजेटबाट जस्तापाता खरिद गरि वडा भित्रका विपन्न १४ घर पहिचान गरी घर छाउन जस्तापाता उपलव्ध गराइएको हो ।
वडाको नागरिक आवास जस्ताछाना कार्यक्रम अन्तर्गत विभिन्न परिवारबाट दिइएको निवेदनका आधारमा वडाले स्थलगत अध्ययन गरेर वजेटको परिधिमा रही आवश्यकता र विपन्नताका आधारमा प्राथमीकिकरण गरेर यो वर्ष १४ घरलाई जस्तापाता उपलव्ध गराईको वडाध्यक्ष टेकराज राई भन्नुहुन्छ । उहाँका अनुसार गत वर्ष दलित विपन्न परिवारलाई प्राथमिकतामा राखेर ११ घरलाई जस्तापाता उपलव्ध गराइएको थियो । यो वर्ष २१ विपन्न परिवारहरुको निवेदनमध्ये १४ घरलाई उपलव्ध गराउन सम्भव भयो ।
यो वर्ष धितुङ साविक वडा नं. १ का इन्द्रबहादुर राई र निर्मला दाहाल, साविक वडा नं. २ का रहनशेर राई, साविक वडा नं. ३ का चन्द्रबहादुर कार्की र जंगबहादुर भुजेल, साविक वडा नं. ४ का रामबहादुर खड्का, साविक वडा नं. ५ का राजबहादुर कार्कीका परिवारले नागरिक आवास जस्ता छाना कार्यक्रम अन्तर्गत जस्तापाता प्राप्त गर्नुभएको छ ।
यस्तै अन्य परिवारहरुमा साविक वडा नंं ६ का लक्ष्मीसरा राई, साविक वडा नं. ७ का परशुराम राई, विम्बा राई र एकबहादुर राई, साविक वडा नं. ८ का एकबहादुर विष्ट र ठाकुरबहादुर वुढाथोकी, साविक वडा नंं ९ का कटकबहादुर राईले जस्तापाता पाउनु भएको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष राई भन्नुहुन्छ–‘ यो वर्ष भूकम्प पुननिर्माणमा नपरेका विपन्न घरपरिवारलाई प्राथमिकता दिइएको छ । आगामी वर्ष पनि यो कार्यक्रमले निरन्तरता पाउने छ ।’
जंगल पाखोमा खर पाउन मुश्किल पर्दै गएको र खरको छानो लामो अव्धिका लागि नटिक्ने कारण गाउँमा सबैले जस्ता लाउने गरेका छन् । तर विपन्न परिवारका लागि त्यो सम्भव नहुँदा वडाबाट सहयोग हुन थाले पछि त्यस्ता परिवारले राहत महसुस गर्न थालेको बताइन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।