बैशाख ०६, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ ।
खोटाङका स्थानीय सञ्चारमाध्यमहरुमा एक कार्यालय प्रमुखले आफ्ना मातहतका निम्न वेतनधारी कर्मचारीमाथि अन्याय गरेको समाचार यतिखेर भाइरल बनिरहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डा.उमेशकुमार मेहताले त्यहाँ काम गर्ने कार्यालय सहयोगी दुर्गाप्रसाद आचार्यलाई जागिरबाट हटाउनुको कारण हाकिमको भित्री वस्त्र धुन इन्कार गरेको भन्ने समाचार सार्वजनिक भएपछि भाइरल बनिरहेको हो ।
२०७१ अशोज १७ गते आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङमा कार्यालय सहयोगीका रुपमा करार नियुक्ति पाएका आचार्यलाई कार्यालय प्रमुख डा. मेहताले गत माघ १ गतेदेखि म्याद नथपिदिदा उनी बेरोजगार बन्न पुगेकाछन् । हाकिमले आफूलाई लुगाकपडा धुन लगाउने तर भित्री वस्त्र धुन नमान्दा जागिरबाटै हटाइदिनुभयो -आचार्य गुनासो गर्दै कर्मचारीका विभिन्न पेशागत संघसंस्थाहरुलाई गुहारिहेका छन् । करारको जागिर गएपछि आफू र आफ्नो परिवार सहाराविहिन बन्न पुगेको आचार्यको गुनासो छ ।
हलेसी एफएमले आयुर्वेद स्वस्थ्य केन्द्रमा सम्पर्क गरेर यस सम्बन्धमा सोधिदा कार्यालय प्रमुख डा. मेहताले प्रदेश करार कार्यविधि २०७८ बमोजिम करारमा नियुक्त कर्मचारीहरुलाई कार्य सम्पादन मूल्यांकनका आधारमा म्याद थपघट गर्न सकिने बताउदै आफूमाथि लागेको आरोप सरासर झुट भएको दावी गर्नुभयो ।
तर बेसहारा दुर्गाप्रसाद यतिखेर तातो समाचारको भाइरल पात्र मात्र बन्ने हुन कि उनको गुनासो सम्बद्ध निकायले सुनेर न्यायको अनुभूति पनि प्राप्त गर्ने हुन—एकिन हुन सकेको छैन ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !