असार ३१, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ जिल्लामा लम्पी स्किन रोगका कारण घरपालुका पशुचौपाय धमाधम मर्न थालेका छन् । जिल्लाको आठ गाउँपालिका र दुई नगरपालिकामा लम्पी स्कीन महामारीले पशुचौपाया विरामी भै मर्दा अहिले सम्म सबै भन्दा बढी रावाबेसी गाउँपालिकाका किसानहरु पिडित बन्नु परेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलका भेटनरी डाक्टर ब्रजेस यदबले बताउनु भयो ।
असार महिनाको २१ गते देखि २७ गते सम्मको तथ्यांक हेर्दा सबै भन्दा बढी रावाबेसी गाउँपालिकामा २१० वटा लम्पी स्किनबाट गाई गोरु बिमारी भएका छन् भने २२ वटाको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिकामा ४४ वटा बिमारी र १ वटा मृत्यु भएको छ ।
त्यस्तै दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा १६० वटा बिमारी भएका छन् भने १५ वटाको मृत्यु भएको छ । बाराहापोखरी गाउँपालिकामा १२३ वटा गार्ई गोरु बिमारी भएको छन् भने ८ वटाको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिकामा १५३ वटा बिमारी भएका छन् भने ३ वटाको मृत्यु भैसकेको छ । दिप्रुङ चुर्ईचुम्मा गाउँपालिकामा ११९ वटा गार्ईगोरु बिमारी छन भने ७ वटाको मृत्यु भएको छ । साकेला गाउँपालिकामा.४३ वटा पशु बिमारी छन् भने ४ वटाको मृत्यु भएको छ ।
यसैगरी केपिलासगढी गाउँपालिकामा २२ वटा गार्ईगोरुमा संक्रमण देखिएको छ भने ५ वटाको मृत्यु भैसकेको छ । ऐसेलुखर्कमा १७२ वटा पशु बिमारी छन् भने १४ वटाको मृत्यु भएकोछ । जन्तेढुङगा गाउँपालिकामा १४० वटा बिमारी छन् भने २ वटाको मृत्यु भएको कार्यालय श्रोतले जनाएको छ । जिल्लाभर ११ सय ७९ पशुहरु लम्पी स्किनबाट संक्रमित भएका छन् भने जम्मा ९१ वटा पशुको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ ।
केही पशुहरु संक्रमणमुक्त भएपनि धेरैजसो पशुहरु विरामी परेको पशु प्राविधिकहरुले बताएका छन् । यो रोगको नियन्त्रण गर्न विशेष औषधी नभएपनि भ्याक्सिन तथा एन्टिबाइटिक प्रयोग गरिरहेको प्राविधिकहरुको भनाई छ । भेटनरी डाक्टर ब्रजेस यदबका अनुसार यस्ता रोगको संक्रमण लागेका पशुहरुलाई उच्च ज्वरो आउने, नलिका ग्रन्थ सुनिने, शरीरमा गिर्खा र डल्लाहरु आउने हुन्छ । यस्तो खटिराहरु नाक मुख, शरीर, घाँटी र थुनमा धेरै आउँछ । घाउहरु बिस्तारै दुख्दै जाने, घाउ पाक्ने, अल्सर हुने हुन्छ । संक्रमणका कारण दूध उत्पादन घट्ने र संक्रमित पशुको मृत्यु नै हुने बताइन्छ । यो रोग रगत चुस्ने किरा प्रजातिबाट एक पशुबाट अर्को पशुमा सर्ने लामखुट्टे, भुसुना, किर्ना, रगत चुस्ने झिंगाबाट फैलिएको उहाँको भनार्ई छ ।
यो रोगको नियन्त्रणका लागि स्थानीय, प्रदेश र केन्द्र तहका सरकारको ध्यानाकर्षण गराउदै आए पनि यसका लागि प्रभावकारी कदम चाल्न नसकेको आम किसानहरुको गुनासो सुनिन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !