श्रावण २२, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रम पारित गर्दै साउन १७ गतेदेखि सञ्चालन भएकोे केन्द्रिय समितिको बैठक आइतवार सम्पन्न गरेको छ । यो बैठकमा जनवादको अभ्यास भएको, केन्द्रिय सदस्यहरुले पाँच पाँच मिनेटको समयमा आफ्ना धरणाहरु राख्ने अवसर प्राप्त गरेको, बैठक अत्यन्त अर्थपूर्ण र सार्थक रहेकोे केन्द्रिय सदस्य दुर्गाजयन्ती राईले हलेसी एफएमको एक कार्यक्रम मार्फत बताउनुभयो ।
बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र संगठनात्मक कार्ययोजनाको सम्बन्धमा केन्द्रिय सदस्यहरुले धारणा प्रकट गर्ने क्रम चलेको थियो । बैठकको अन्तमा अध्यक्ष दाहालले तीन महिने संगठनात्मक कार्ययोजना पेश गरेपछि त्यसलाई पारित गरिएको केन्द्रिय सदस्य राईले भन्नुभयो ।
संगठनात्मक कार्य योजना अन्तर्गत भाद्र १६ गते देखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन हुने जनाइएको छ । तीन महिने संगठनात्मक कार्ययोजना अन्तर्गत जनतासँग माओवादी विेशष रुपान्तरण अभियानको उद्घाटन भाद्र १६ मा अध्यक्ष दाहालले भर्चुअल माध्यम मार्फत गर्नुहुने केन्द्रिय सदस्य राईले खुलाउनुभयो ।
हलेसी एफएमको साप्ताहिक रेडियो कार्यक्रम हलेसी संवादमार्फत केन्द्रिय सदस्य राईले जनतासँग माओवादी कार्यक्रम मार्फत माओवादी नेता कार्यकर्ताहरु अव प्रत्येक वडातहसम्म पुगेर जनताको सुखदुखमा पुन एकचोटी एकाकार हुदै संगठनात्मक रुपान्तरण गरिने बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !