कार्तिक २१, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङस्थित श्री मावि वाँसवोटेले आज देखि ३ दिन सम्म ६३ औँ वार्षिकोत्सव तथा तेह्रौँ अक्षय कोष दिवस मनाउदैछ । २०१७ सालमा स्थापना भै सञ्चालनमा आएको श्रीमावि वाँसवोटेको २०६८ सालमा स्वर्ण महोत्सवका अवसरमा स्थापना भएको अक्षय कोषको तेहौँ वर्षगाँठ समेत आजदेखि ३ दिनसम्म विध्यालयले भव्यताका साथ ६३ औँ वार्षिकोत्सव तथा तेहौँ अक्षय कोष दिवस मनाउन लागेको वडा नं. ५ का वडाध्यक्ष तथा शिक्षा समितिका संयोजक दिनेश घिमिरेले हलेसी एफएमलाई बताउनुभयो ।
विध्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष प्रश्न राज राईको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईबाट आज हुने उद्घाटन कार्यक्रममा अक्षय कोषमा ज–जसको नाममा कोष जम्मा गरिएको छ, उहाँहरुको तस्विरमा माल्यापण गर्दै सम्झना गरिनेछ ।
आफ्नो परिवारको परलोक भैसकेका अग्रजहरुको सम्झनामा हाल सम्म विध्यालयको अक्षय कोषमा रु.१६ लाखभन्दा वढी रकम जम्मा भैसकेको श्रीमा.वि. वासवोटेका शिक्षक तथा विध्यालयका लेखापाल गोपाल श्रेष्ठ बताउनुहुन्छ । ‘ तर समाजका कतिपय शिक्षासेवीहरुले आफू जीवित रहदै पनि अक्षयकोषमा रकम जम्मा गरेकाछन् ’--भन्नुहुन्छ शिक्षक तथा लेखापाल श्रेष्ठ ।
त्यसैगरी कात्तिक २२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका माध्यामिक विध्यालयहरुवीच अन्तर मावि भलिवल प्रतियोगिता आयोजना गरिने विध्यालय श्रोतले जनाएको छ । कात्तिक २३ गते वार्षिकोत्सवको समापन गरिनेछ ।
समापन कार्यक्रममा विध्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गरिनेछ । त्यस्तै समापनका दिन श्रीमावि वाँसवोटेको उत्कृष्ट विध्यार्थी, उत्कृष्ट शिक्षक लगायतलाई सम्मान गरिने समेत जनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !