आश्विन ०२, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा आजदेखि तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइदैछ । भाद्र ३० गते जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा बसेको बैठकले अशोज २, ३ र ४ गते दशौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने निर्णय भए अनुसार आज अशोज २ गतेदेखि विविध कार्यक्रमका साथ दिवस मनाइने भएको हो ।
आज अशोज २ गते विहान ८ वजे दिक्तेलवजारमा स्थापित आदिकवि भानुभक्तको शालिक सरसफाई गर्ने, विहान ११ वजेबाट जिल्ला प्रशासन कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखा, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी समेत भै जिल्ला अस्पतालको नेतृत्वमा खोटाङजिल्ला कारागारमा रहेका कैदी बन्दिहरुको स्वास्थ्य परिक्षण गर्ने र साँझ दीप प्रज्वलने गर्ने जनाइएको छ ।
अशोज ३ गते मुख्य दिन विहान ८ वजे जिल्ला समन्वय समिति परिसरमा नेपाल पत्रकार महासंघको संयोजकत्वमा संविधान दिवस विषयमा राजनीतिक दल, प्राध्यापक, बुद्धिजिवीहरुको सहभागितामा परिसंवाद गर्ने, अपरान्ह ३ वजे समन्वय समितिको परिसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला शाखाको व्यवस्थापनमा महिला म्युजिकल चेयर कार्यक्रम सम्पन्न गर्ने, सोही अवसरमा भाद्र ३१ गते भएको जिल्ला स्तरीय महिलाहरुको खुला बक्तृत्वकलामा विजयी प्रथम, द्धितिय र तेश्रो विजेताहरुलाई पुरस्कार प्रदान गर्ने र साँझमा दीप प्रज्वलन गर्ने बताइन्छ ।
अशोज २, ३ र ४ गते तीन दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यवस्थापनमा स्थानीय संघ संस्थाहरु टोल विकास संस्थाहरुले संविधान दिवस सम्बन्धि धुनहरु, राष्ट्रिय गीतहरु प्रशारण गर्ने र साँझमा दीप प्रज्वलन गर्ने जिल्ला समन्वय समितिका प्रमुख एवं संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समाराह समिति खोटाङका संयोजक सनबहादुर राईले जानकारी गराउनुभयो ।
[यो पनि-खोटाङ जिल्लामा १०औँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाईने ]
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान