जेठ ३०, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको केपिलासगढी गाउँपालिकालार्ई पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । १५ महिनादेखि ५९ महिना मुनिका गाउँपालिकाभित्रका सबै बालबालिकाहरुले पूर्णखोप लगाएको र जन्मेदेखि १५ महिना सम्मका बालबालिकाहरुले खोप लगाइएको सुनिश्चित भए सँगै आज (जेष्ठ ३० गते) बुधबार गाउँपालिकालाई आर्थिक वर्ष २०८०/०८१ को लागि पूर्णखोप सुनिश्चतता गाउँपालिका घोषणा गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर रार्ईले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।
गाउँपालिका अन्र्तगत सबै वडाका १५ महिनाभित्रका १ सय ५६ जना बालबालिकालाई बिसिजी, दादुरा-रुबेला, पोलियो, जापनिज इन्सेफलाइटिस लगायतका १३ प्रकारका रोग विरुद्धको खोपको मात्रा पूर्णरुपमा लगाएको आधारमा सबै प्रकृया पूरा गरेसँगै केपिलासगढी गाउँपालिकालार्ई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागार्ईंले बताउनुभयो ।
पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखाले वडाका स्वास्थ्य संस्थाका कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरुलाई सम्मान पत्र पनि प्रदान गरेका जनाइएको छ ।
कार्यक्रममा सहभागीले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा तथा दीगोपना कायम गर्नका लागि सामुहिक प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।
पूर्णखोप सुनिश्चतता गाउँपालिका घोषणासँगै आज रक्तदान कार्यक्रम पनि गरिएको जनाइएकोछ । केपिलासगढी गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सहयोगमा आज ३३ जनाले रक्तदान गरेको गाउँपालिका अध्यक्ष समिर रार्ईले बताउनु भयो । संकलन भएको रगत रक्त सञ्चार केन्द्र (व्लड बैँक) दिक्तेलमा जम्मा गरेर आवश्यक परेका व्यक्तिलाई निःशूल्क वितरण गरिने आयोजक गाउँपालिकाले जनाएको छ ।
गाउपालिका अध्यक्ष समिर रार्ईको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक सनबहादुर राई, संविधान सभा सदस्य दुर्गाजयन्ती राई, गाउँपालिकाका उपाध्यक्ष गुरूराज राई, वडाध्यक्षहरु, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौँलागांई, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्री, स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
यस आगाडि साकेला, रावावेशी, खोटेहाङ गाउँपालिका तथा हलेसीतुवाचु र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ ।
[ यो पनि-खोटेहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा }
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।