बैशाख २८, २०८१ , खोटाङ
यातायात पत्रकारिता पुरस्कारद्धारा दुइ पत्रकारहरु पुरस्कृत
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ यातायात प्रालिको दशौँ साधारण सभा तथा छैटौ अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र रार्ईको सभापतित्व तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताउनु भयो ।
‘खोटाङको लगानी, खोटाङको यात्रा, सुरक्षित यात्रा हाम्रो प्रतिबद्धता’ भन्ने मुल नारासहित शुक्रवार जिल्ला समन्वय समितिको समिक्षालय हलमा कार्यक्रमका सभापति राई तथा महासंघका केन्द्रिय अध्यक्ष स्वाँरले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित राख्न चुनौती रहेकै बेला सरकारका विभिन्न अपूरा नीतिका कारण यातायात क्षेत्र थप धरासायी र व्यवसायीहरु मारमा रहेको बताउनु भयो । उहाँले अगाडि थप्नुभयो- ‘राजनैतिक व्यक्तिहरु सडकमा हुँदा ठुला ठुला भाषण गर्ने तर नीति निर्माणका तहमा पुगेपछि सिंह बन्ने प्रवृतिकै कारण यातायात क्षेत्रलाई नेपालमा सुहाउँदो बनाउन नसकिएको हो ।’ विभिन्न बहानामा व्यवसायीहरुबाट हुने असुलीले व्यवसाय नै ध्वस्त भएको उहाँको धारणा रहेको थियो ।
यस्तै विकासको मुख्य मेरुदण्ड यातायात रहेको औल्याउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष जीतबहादुर भारतीले यातायातलाई अझै मर्यादित, व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिबबहादुर कार्की, जिल्ला समन्वय समितिका उपप्रमुख शुरेस तामाङ, नगरउपप्रमुख विशन राई, जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी निरिक्षक टिका बराल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । शुभकामना मन्तव्यका क्रममा उहाँहरुले देश विकासको मेरुदण्डनै यातायात क्षेत्र रहेको भन्दै हरेक कुना कुनामा सेवा प्रवाह गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो । सवारी चालकलाई सडक सुरक्षामा ध्यान दिन आग्रह गर्दै नियमसंगत सेवा संचालन गर्न पनि उहाँहरुको सुझाव रहेको थियो ।
सो अवसरमा यातायात प्रालिको कार्यालय भवन निर्माणका लागि निःशुल्क रु. १५ लाख बराबरको जग्गा उपलब्ध गराउनुहुने बिष्णु कुमार श्रेष्ठलार्ई खादा माला लागाएर सम्मान गरिएको छ ।
प्रालिको दशौँ साधारण सभा तथा छैटौ अधिवेशन कार्यक्रमको अवसरमा दुई जना कृयाशिल पत्रकारलाई पुरस्कार पनि प्रदान गरिको छ । पुरस्कृत पत्रकारद्धय चिसाङ सेर्पा र सबिना परियारलाई यतायात क्षेत्रमा निरन्तर कलम चलाएको कारण यातायात पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उहाँहरुलाई जनही रु.पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
यसैगरी खोटाङ यातायात व्यवसाय संघका संस्थापक अध्यक्ष उपिन कुमार राई, यातायात व्यवसायी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष जीत बहादुर भारती, यातायात प्रालिका सचिव बुद्धि विनोद लुर्ईटेल, चालकहरु कृष्णबहादुर तामाङ र विज्ञान भुजेललार्ई सम्मान गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनु भयो ।
छैटौँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि यतिखेर बन्द सत्रमा छलफल भैरहेको समेत श्रोतले जनाएको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।