आश्विन ११, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ बाम्राङस्थित नितु स्मृति प्रतिष्ठान नेपाल बाम्राङको १८ औँ साधारण सभा तथा पुरस्कार वितरण कार्यक्रमसँगै इमानसिं-सोमलक्षी राई शिक्षा पुरस्कार अक्षय कोषको सातौ साधारण सभा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । नितु स्मृति प्रतिष्ठान नेपाल बाम्राङका अध्यक्ष एवं इमानसिं सोमलक्ष्मी राई शिक्षा पुरस्कार अक्षय कोषका कोषाध्यक्ष लिलाबहादुर खत्रीको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ बाम्राङका वडाध्यक्ष महेन्द्र बहादुर राईको प्रमुख आतिथ्यतामा आज अशोज ११ गते शुक्रवार प्रतिष्ठानको १८औँ साधारण सभा तथा अक्षय कोषको सातौ साधारण सभा र विभिन्न व्यक्तित्वलाई सम्मानका साथै विध्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
बाम्राङको शिक्षा क्षेत्रलाई सम्वद्र्धन गर्दै त्यहाका विध्यालयमा अध्ययनरत विध्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यबाट स्थानीय समाजसेवी पत्थरमान राईकी छोरी नितु राईको हङकङमा निधन भएको हुँदा उहाँकै सम्झनामा विक्रम सम्वत २०६३ सालमा स्थापना गरिएको नितु स्मृति प्रतिष्ठानले वर्षेनी साधारण सभाको अवसरमा विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको छ भने शैक्षिक क्षेत्रमा लामो समयसम्म सेवा प्रदान गरी सेवा निवृत्त हुनुभएका बाम्राङकै अर्का व्यक्तित्व स्वर्गीय इमानसिं राई र उहाँकी धर्मपत्निका नाममा उहाँको परिवारका सदस्यहरुबाट इमानसिं-सोमलक्षी राई शिक्षा पुरस्कार अक्षय कोषको पनि स्थापना गरिएको छ ।
आज दुवै सस्थाका साधारण सभा तथा दुवै संस्थाहरुबाट विभिन्न व्यक्तित्वहरुलाई सम्मान एवं बाम्राङका विभिन्न विध्यालयमा अध्ययनरत विध्यार्थीहरुलाई पुरस्कृत गरिएको नितु स्मृति प्रतिष्ठानका अध्यक्ष तथा इमानसिं-सोमलक्षी राई शिक्षा पुरस्कार अक्षय कोषका कोषाध्यक्ष लिलाबहादुर खत्रीले हलेसी एफएमलाई बताउनुभयो ।
पुरस्कृत हुनेहरुमा शैक्षिक सत्र २०८० का उत्कृष्ट विध्यार्थीहरुमा सावित्रा मावि बाम्राङका माध्यामिक तहकी असिमा भण्डारी (एसईई) लाई दुवै संस्थाका तर्फबाट रु चार÷चार हजार गरी रु ८ हजार, सोदिप राई (आधारभूत तह) लाई रु १५÷१५ सय गरी रु ३ हजार र आकृति राई (प्राथमिक तह) लाई रु एक÷एक हजार गरी रु दुई हजार प्रदान गरिएको छ ।
त्यस्तै सुर्केडाँडा आधारभूत विध्यालयबाट सुस्मिता परियार (आधारभूत तह) लाई रु १५÷१५ सय गरी रु ३ हजार, आयुषा कटवाल (प्राथमिक तह)लाई रु एक÷एक हजार गरी रु दुई हजार प्रदान गरिएको छ । यसैगरी सिद्धेश्वरी आधारभूत विध्यालयका यारिस राई (प्राथमिक तह) लाई रु एक÷एक हजार गरी रु. दुई हजार, जनता आधारभूत विध्यालयका अनुप राई (पाथमिक तह) लाई रु एक÷एक हजार गरी जम्मा रु दुई हजार प्रदान गरिएको छ । यस्तै बशन्त पञ्चमी आधरभूत विध्यालयकी अन्जना कटुवाल (प्राथमिक तह) लाई पनि रु एक÷एक हजार गरी रु २ हजार , बाल विकास आधारभूत विध्यालयकी निर्मला राई (प्राथमिक तह)लाई रु एक÷एक हजार गरी रु २ हजार प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा बक्तृत्वकला, हाजिरीजवाफ, हिषाव दौड, इन आउट, बलुन फुटाई खेलमा विजयी विध्यार्थीहरु समेत पुरस्कृत भएका छन् भने शैक्षिक क्षेत्रमा योगदान दिनुहुने प्रकाश राई, रामप्रसाद राई, शेरबहादुर राई, महेन्द्रबहादुर राई र शिवनारायण श्रेष्ठलाई सम्मान प्रदान गरिएको समाचार प्राप्त भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !