मंसिर १६, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र सञ्चालनमा रहेका आधारभूत तथा माध्यमिक विध्यालय तहका प्रधानाध्यापकहरुलाई क्षमता विकास तालिम प्रदान गरिएको छ । नगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा समितिका संयोजक तीर्थराज भट्टराईको अध्यक्षतामा नगरपालिका भित्रका ३५ जना प्रधानाध्यापक एवं सह प्रधानाध्यापकहरुले आज तालिममा सहभागिता जनाउनु भएको नगरपालिका अन्तर्गत शिक्षा शाखाले जनाएको छ ।
तालिमका केही झलकहरु
तालिमको प्रारम्भमा आधारभूत तथा माध्यामिक विध्यालय तहका प्राधानाध्यापकहरुको क्षमता विकास सम्बन्धि तयार गरिएको कार्यपत्रलाई शिक्षाविद डा.तोयानाथ खनालले छलफलका लागि प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रको प्रस्तुतिसँगै सहभागी प्रधानाध्यापकहरुका वीच अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भयो ।
दोश्रो सत्रमा आधारभूत तथा माध्यामिक विध्यालयका प्रधानाध्यापकहरुको क्षमता विकासका लागि के कस्ता कुराहरुमा ध्यान दिनु आबश्यक पर्दछ भन्ने विषयमा छलफल गरिएको थियो । सोही क्रममा सरस्वती माध्यामिक विध्यालय दिक्तेलका पूर्वप्र.अ ध्यानबहादुर राईले आफूले दशकौँ प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दा प्राप्त गरेको अनुभवलाई प्रस्तुत गर्नुभयो । उहाँले प्रधानाध्यापकको जिम्मेवारी शिक्षक तथा अभिभावकीय जिम्मेवारी समेत रहेको बताउदै प्रधानाध्यापकले व्यवस्थापकीय र कुशल नेतृत्वको क्षमता समेत प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेतृत्व विकास तालिमबाट प्रधानाध्यापकहरुलाई व्यावहारिक र समयसापेक्षित बनाउनमा मद्धत पुग्ने बताउनुभयो ।
अर्का बक्ता काभ्रे स्थित भालेश्वर मावि पनौतीका प्रधानाध्यापक रामचन्द्र थापाले तालिमको अवधिमा आफूमा भएका अनुभवहरुको आदान प्रदान, विभिन्न विद्यालयहरुले गरेका नमूना र राम्रा प्रयासहरु तथा भावी दिनमा सुधारको लागि गर्नुपर्ने योजना निर्माणका साथै आफ्नो कार्य क्षेत्रमा आईपरेका नीतिगत समस्याहरु समाधान गर्न सहयोग पुग्ने बताउनुभयो ।
तालिममा शिक्षा सम्वन्धि बर्तमान नीतिगत व्यवस्था, विद्यार्थी मूल्याङन प्रणाली, स्थानीय पाठ्यक्रम, वालमैत्री विद्यालय र विद्यालय शान्ति क्षेत्र, विद्यालय सुपरिवेक्षण तथा शिक्षक पेशागत विकास, पेशागत मर्यादा, सदाचार, नैतिकता र जवाफदेहिता, विद्यालय व्यवस्थापन र सिकाईका समसामयिक प्रवृत्ति, शैक्षिक सुचना व्यवस्थापन प्रणाली र विद्यालयको आर्थिक व्यवस्थापन लगायतका विषयमा छलफल भएको नगरपालिकाका शैक्षिक सुधार कार्यदलका संयोजक सुर्यबहादुर राईले जानकारी दिनुभएको छ ।
यस्तै नगरले अधिकांश विद्यालयको फरक तरिकाले अनुगमन गरिरहेको नगरपालिका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । अनुगमनका क्रममा शिक्षक, विद्यार्थीसँग छलफल गर्ने गरिएको छ । छलफलमा उठेका विषयवस्तुलाई आधार मानेर नगरले आगामी योजनामा शिक्षा सुधारका योजना तय गर्ने नगरप्रमुख भट्टराईले बताउनु भयो ।
हालसम्म नगरपालिकाले शैक्षिक सुधारका क्रममा प्रधानाध्यापकहरुको विधिसम्मत व्यवस्थापन, शैक्षिक सुधार कार्यदल गठन र कार्यान्वयन, शैक्षिक सुधारका विभिन्न कार्यशाला आयोजना, आइटि प्रशासन सुधार, जीवनोपयोगी शिक्षाको अभ्यास, स्थानीय विज्ञ तथा अनुभवी शिक्षकहरुको पहलमा वडास्तरीय पाठ्यक्रम निर्माण लगायत कामहरु भैरहेको नगरप्रमुख भट्टराईको कथन रहेको छ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।