कार्तिक २७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
नेपाली कांग्रेस खोटाङका उपसभापति तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई मातृशोक परेको छ । नगरप्रमुख भट्टराईकी आमा पदमकुमारी भट्टराई आइतवार विहानैदेखि अकस्मात विरामी भएपछि दिक्तेल अस्पतालमा उपचारका लागि लैजादा त्यहाँ सम्भव नभएर रिफर भएपछि सोमवार उपचारका लागि काठमाण्डौँ ल्याउने क्रममा भकुण्डेवेशी आइपुगेपछि साँझ ५.५६ वजे उहाँको निधन भएको थाहा भएको छ ।
विक्रम सम्वत १९९४ साल आषाढमा खार्पाका पिता महानन्द पोखरेल र आमा रेणुका पोखरेलको कोखबाट जन्मिनुभएकी पदमकुमारीको विक्रमसम्वत २००६ सालमा दिक्तेल दोर्पा चिउरीडाँडानिवासी लक्ष्मीप्रसाद भट्टराईसँग शुभ विवाह सम्पन्न भएको थियो ।
विक्रम सम्त २०६० माघ ९ गते पति लक्ष्मीप्रसादको देहान्त भएपछि हाल उहाँ छोरा बुहारीका साथमा दोर्पास्थित आफ्नै निवासमा रहदै आउनुभएको थियो ।
लक्ष्मीप्रसाद तथा पदमकुमारीको तीन छोराहरु मध्ये जेठो छोरा गुणराज भट्टराइको विक्रम सम्वत २०६४ सालमा देहान्त भएको हुँदा हाल माइलो छोरा तीर्थराज भट्टराई र कान्छो छोरा परशुराम भट्टराई हुनुहुन्छ । त्यस्तै ४ छोरीहरुमध्ये जेठी छोरी देवी भट्टराई ढकाल (मात्तिम)को निधन भैसकेको हुँदा हाल माइली छोरी भगवती भट्टराई खतिवडा (दिक्तेल हर्कपुर), साइली छोरी इन्दिरा भट्टराई खतिवडा (धरान) र कान्छी छोरी गीता भट्टराई बुढाथोकी (गाइघाट) तीन छोरीहरु हुनुहुन्छ भने १०७ वर्षीय आमा रेणुका पोखरेल अझपनि झापा दुर्गापुरमा स्वास्थ्य जीवन व्यतीत गर्दै परिवारका साथमा रहनुभएको थाहा भएको छ ।
उहाँको शवलाई सोमवार राती नै अन्तिम सस्कारका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७ दोर्पाचिउरीडाँडास्थित आफ्नै निवासमा ल्याइएको पारिवारिक श्रोतबाट थाहा भएको छ । मंगलवार विहान पारिवारिक सदस्यहरु, आफन्त, शुभेच्छुकहरुबाट श्रद्धान्जली अर्पण गरिएपछि साप्सुखोला लामदुवालीमा सनातन वैदिक विधिपूर्वक अन्तिम संस्कार गरिने जनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !