फागुन ०५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाले चित्रकलाको माध्यमबाट खोटाङलाई विश्वसामु परिचित गराउने अभियान अन्तर्गत आजबाट शुरु गरिएको मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनीको आज एक समारोह वीच उद्धघाटन गरिएको छ । दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा खोटाङे जनसमुदायको चीर प्रतिक्षाका वीच काठमाण्डुस्थित नेपाल आर्ट काउन्सिलमा आयोजना गरिएको प्रदर्शनीस्थलमा आज अपरान्ह करिव १.१५ बजे राष्ट्रपति पौडेलले औपचारिक रुपमा पानसमा वत्ति बालेर क्यानभासमा चित्र कोर्दै १३ दिने चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।
क्यानभासमा चित्र उतार्नुहुदै राष्ट्रपति पौडेल
खोटाङ कलाकार समाजद्धारा गीत प्रस्तुत गरिदै
राष्ट्रपतिद्धारा चित्रहरु समेटिएको क्याटलग ग्रहण गर्नुहुदै
राष्ट्रपतिद्धारा चित्रहरु अवलोकन गर्नुहुदै
उद्घाटनपूर्व राष्ट्रिय गान बजाइएको थियो । त्यसलगत्तै खोटाङ कलाकार समाजले खोटाङको प्राकृतिकि, भौगोलिक, साँस्कृतिक विशेषता झल्किने गित समूहमा प्रस्तुत गरेको थियो । राष्ट्रपति पौडेलको प्रदर्शनीस्थलमा आगमन हुँदा आ–आफ्नो भेषभुषामा सजिएर खोटाङको साँस्कृतिक झाँकीहरु समेत प्रदर्शनी गरिएका थियो ।
फागनु १७ गतेसम्म चल्ने चित्रकला प्रर्दशनीमा नेपालसहित १४ देशका ख्यातिप्राप्त चित्रकारहरुले खोटाङ जिल्लाका प्रशिद्ध स्थलहरुका साथै विविध साँस्कृतिक, पर्यटकीय एवं त्यहाँको जनजीवन झल्कने २०६ वटा चित्रहरु प्रदर्शनीमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । नगरपालिकालाई कलाको माध्यमबाट देशविदेशमा चिनाउने लक्ष्यले अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी गरिएको मेयर भट्टराईको भनाई छ ।
उदघाटनमा मेयर भट्टराईले राष्ट्रपति पौडेललाई ५० देशका २०० चित्र, चित्रको व्याख्या, चित्रकारको परिचय समेटिएको क्याटलक बुक हस्तान्तरण गर्नुभएको थियो ।
प्रदर्शनीस्थलमा राखिएका केही चित्रहरु
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।